रेडियसन बोर्डिङ स्कुल राङ्सीद्वारा सरसफाइ कार्यक्रम सम्पन्न ।

कमल वली

पुस २५,रोल्पा । परिवर्तन २ राङ्सी रोल्पामा अवस्थित श्री रोल्पा रेडियसन बोर्डिङ स्कुलले शुक्रबारको अवसर पारी सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

बोर्डिङ स्कुलका फाउन्डर प्रिन्सिपल कमल वलीको अध्यक्षताबाट शुरु भएको औपचारिक कार्यक्रम पछि कक्षा नर्सरी देखि कक्षा ६ सम्मका सम्पुर्ण विद्यार्थीहरु लगायत शिक्षक शिक्षिकाहरुले सानासाना विद्यार्थीहरुलाई अनिवार्य डष्टविनको प्रयोग गर्नुपर्ने र कुहिने नकुहिनेलाई अलगअलग डष्टविनमा राख्नुपर्ने कुरालाई व्यवहारिक रुपमा नै सिकाउदै बोर्डिङ स्कुल वरिपरिको वातावरणलाई सरसफाइ गर्नेकार्य सम्पन्न गरेको छ।

बोर्डिङ स्कुलका प्रिन्सिपल वलीले राङ्सी वडा पुर्ण सरसफाइ वडा घोषणा भैसकेकोले त्यसलाई निरन्तर रुपले सरसफाइ कायम राख्नको लागि ६+१ का पुर्ण सरसफाइ सम्बन्धि सुचकहरुलाइ अनिवार्य पालन गरि महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।स-साना विद्यार्थीहरु देखि शिक्षक विद्यार्थी सबैले आफ्नो व्यक्तिगत सरसफाइलाई र विद्यालय वरिपरिको वातावरणीय सरसफाइपुर्ण बनाउदै विद्यालयमा सिकेका राम्रो कुराहरूलाई घरमा गएर पनि व्यबहारमा उतार्न समेत आग्रह गर्नुभएको थियो।

शिक्षक जित बहादुर परियारको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा भाइस प्रिन्सिपल प्रताप वली,शिक्षिका अनिसा रोकामगर,विद्यार्थीहरु सुष्मा बिक र खगेन्द्र घर्तीमगरले समेत आफ्नो मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षक थमन श्रेष्ठले गर्नुभएको प्राप्त खबरमा उल्लेख गरिएको छ।

भर्खरै प्रकाशित

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा विरेन्द्र माविको ७० हजार बढी सहयोग

प्रतिज्ञा बुढामगर रोल्पा, २६ साउन रोल्पामा एक विद्यालयले गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा  ७० हजार बढी सहयोग गरेको छ। त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गाङमा रहको…

नेपाली खेलकुदको बिकास,राखेप लाई खेलाडी मैत्री र मर्यादित बनाउन बफादार…

श्रावण १५,काठमाडौ ।राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोईराला “ज्वाला” र सदस्य सचिव रमेश कुमार सिलवाल ले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ।खेलकुद मन्त्री…

तीज गीतमा अझै मौलिकता हराएको छैन ।

अमर पन्थ श्रावण १३,बुटवल । हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै थरि गीत संगीत आइरहेको बेला भर्खरै मात्रै चर्चित गायक गायीकाको स्वरमा तीज गीत “माइतिको…

रोल्पाको माडी गाउँपालिकाद्वारा पत्रकार सम्मेलन सम्पन्न ।

बुद्धिमान वली साउन ४,रोल्पा । रोल्पाको माडी गाउँपालिकाद्वारा गाउँपालिका भएको बिभिन्न बिषयमा प्रष्ट पार्दै पत्रकार सम्मेलन सम्पन्न गरेको छ । कोभिड १९ बिशेष कृषि कार्यक्रम…

गंगादेव गाउपालिकाको बजेट ३५ करोड ८३ लाख ९सय चालीस

असार ११,रोल्पा । गंगादेव गाउपालिका रोल्पाको आठौं गाउँ सभाको उदघाटन एवम् बजेट ,निति सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा…