सुनिल स्मृति ५ नम्बर वडाका बिद्यालयहरुमा डिजिटल हाजिरी संचालन

माघ १०, रोल्पा ।

सुनिलस्मृति गाउँपालिका वडा नम्वर ५ काभ्राले आज एक कार्यक्रमका विच वडा भित्रका सम्पूर्ण विद्यालयहरुमा इ हाजिरीको उद्घाटन, कुर्चि वितरण तथा महिला हिंसा सम्बन्धी कार्यक्रम  सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन अध्यक्ष घर्तीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष घर्तीले भन्नुभयो, वडा नम्वर ५ ले सामाजिक विकासमा गरेका यस्ता क्रियाकलापहरुले सकारात्मक सन्देश सँगै समाज रुपान्तरण र विकास निर्माणमा टेवा पूग्ने बताउनुभएको छ । उहाँले भन्नुभयो विद्यालयका प्रधानाध्यापक एक्लैले प्रशासन सुधार ल्याउनमा कठिनाइ हुने भएको हुँदा यस्ले पनि केहि सहज आउने बताउनुभयो ।

बढ्दै गइरहेको महिला हिंसा बालविवाह रोक्न सवै आ आफ्नो तप्काबाट लाग्न समेत सवैमा अनुरोध गर्नुभएको छ । अव हामि जनप्रतिनिधी तथा राष्ट्रसेवक कर्मचारीहरु विहेको निमन्त्रणा आयो भने पहिले विवाह हुन लागेका दम्पतीहरुको उमेर २० वर्ष पुरा भएको छ वा छैन यदि छैन भने हामिबाट नै बहिस्कार गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी वडा नम्वर ५ का वडा अध्यक्ष नमराज थापाले भन्नुभयो, हामि विकास चाहान्छौ तर हाम्रो दिमाग परिवर्तन गर्न सकेनौ भने विकासको अर्थ रहदैन त्यसैले हामिमा परिवर्तन ल्याउन आवश्यक रहेको र त्यसै अनुसार नै यी कार्यक्रमहरु हामिले ल्याएका छौ विद्यालयमा जडान भएका इ हाजिरीहरु व्यवस्थीत रुपले प्रयोग गर्नुभयो भने शिक्षकहरुमा एक प्रकारको भावनात्मक हुने छ, कुर्चिले प्रशासनीक क्रियाकलाप गर्नमा सहयोग पुराउने छ भने महिला हिंसा कार्यक्रमले समाजमा भएको विकृतिहरुमा परिवर्तन ल्याउछ भन्ने मलाइ लागेको छ, त्यसैले तपाइहरुको पूर्ण साथ र सहयोग रह्यो भने हामि नमुना वडा बासि बन्नलाइ कसैले रोक्न नसक्ने समेत बताउनुभयो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नुमाकान्त कालाथोकी, महिला बालबालिका तथा समाज कल्याण इकाइ प्रमुख भगवती बुढाले पनि आफ्नो धारणा राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन वडा सचिव केशव खत्रीले गर्नुभएको अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

 

भर्खरै प्रकाशित

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा विरेन्द्र माविको ७० हजार बढी सहयोग

प्रतिज्ञा बुढामगर रोल्पा, २६ साउन रोल्पामा एक विद्यालयले गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा  ७० हजार बढी सहयोग गरेको छ। त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गाङमा रहको…

नेपाली खेलकुदको बिकास,राखेप लाई खेलाडी मैत्री र मर्यादित बनाउन बफादार…

श्रावण १५,काठमाडौ ।राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोईराला “ज्वाला” र सदस्य सचिव रमेश कुमार सिलवाल ले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ।खेलकुद मन्त्री…

तीज गीतमा अझै मौलिकता हराएको छैन ।

अमर पन्थ श्रावण १३,बुटवल । हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै थरि गीत संगीत आइरहेको बेला भर्खरै मात्रै चर्चित गायक गायीकाको स्वरमा तीज गीत “माइतिको…

रोल्पाको माडी गाउँपालिकाद्वारा पत्रकार सम्मेलन सम्पन्न ।

बुद्धिमान वली साउन ४,रोल्पा । रोल्पाको माडी गाउँपालिकाद्वारा गाउँपालिका भएको बिभिन्न बिषयमा प्रष्ट पार्दै पत्रकार सम्मेलन सम्पन्न गरेको छ । कोभिड १९ बिशेष कृषि कार्यक्रम…

गंगादेव गाउपालिकाको बजेट ३५ करोड ८३ लाख ९सय चालीस

असार ११,रोल्पा । गंगादेव गाउपालिका रोल्पाको आठौं गाउँ सभाको उदघाटन एवम् बजेट ,निति सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा…