नेकपा गंगादेवको ५ को सपथग्रहण सम्पन्न ।

माघ २०,रोल्पा ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गंगादेव ५ को वडा कमिटीको सपथग्रहण सम्पन्न भएको छ । अमृत चन्दको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरिएको छ भने सचिवमा वीरबहादुर खत्रीलाई चयन गरिएको छ ।

गङ्गादेव गाउँ कमिटी अध्यक्ष रोशनकुमार वलीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका ५ नम्बर प्रदेश कमिटी सदस्य एवम् रोल्पा क्षेत्र नम्बर २ का सह–इन्चार्ज वीरबहादुर खत्रीको प्रमुख आतिथ्यता रहेकोे थियो । अतिथिमा जिल्ला सदस्य रामबहादुर वली, गाउँपालिका उपाध्यक्ष एवम जिल्ला सदस्य रिता घर्ती, लगाएत गाउँ कमिटी सदस्य, स्थानीय नेता कार्यकर्ताको उपस्थितिमा भएको कार्यक्रममा प्रमुख अतिथि वीरबहादुर खत्रीले वडा कमिटीको घोषणा गरेर देश, पार्टी र जनताको नाममा सपथ खुवाएका थिए ।

उनले गङगादेवमा पार्टी निर्माणले ढिलै भए पनि उत्साहजनक रूप लिएको र यसले जनतामा सकारात्मक सन्देस जाने विश्वास व्यक्त गरे । गङ्गादेव गाउँपालिका प्रमुख समेत रहेका खत्रीले जनताका दैनिक जनजीवनको स्तर उन्नति हुने कृषि, पशुपालन, समाजिक बिकासका कार्यक्रमलाई प्राथमिकता दिएको बताए । उनले नेकपाले सहिदका सपना पूरा गर्न इमानदारीका साथ अगाडि बढ्ने पनि बताए ।

कार्यक्रममा गाउँ कमिटी अध्यक्ष रोशन वलीले नयाँ कमिटीलाई बधाई दिँदै कार्यक्रमको समापन गरे । गाउँ कमिटी सदस्य मानबहादुर डाँगीको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सञ्चालन गाउँ कमिटी सचिव बिजय घर्तीले गरेका अशोक वलीले जानकारी दिएका छन् ।

 

भर्खरै प्रकाशित

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा विरेन्द्र माविको ७० हजार बढी सहयोग

प्रतिज्ञा बुढामगर रोल्पा, २६ साउन रोल्पामा एक विद्यालयले गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा  ७० हजार बढी सहयोग गरेको छ। त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गाङमा रहको…

नेपाली खेलकुदको बिकास,राखेप लाई खेलाडी मैत्री र मर्यादित बनाउन बफादार…

श्रावण १५,काठमाडौ ।राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोईराला “ज्वाला” र सदस्य सचिव रमेश कुमार सिलवाल ले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ।खेलकुद मन्त्री…

तीज गीतमा अझै मौलिकता हराएको छैन ।

अमर पन्थ श्रावण १३,बुटवल । हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै थरि गीत संगीत आइरहेको बेला भर्खरै मात्रै चर्चित गायक गायीकाको स्वरमा तीज गीत “माइतिको…

रोल्पाको माडी गाउँपालिकाद्वारा पत्रकार सम्मेलन सम्पन्न ।

बुद्धिमान वली साउन ४,रोल्पा । रोल्पाको माडी गाउँपालिकाद्वारा गाउँपालिका भएको बिभिन्न बिषयमा प्रष्ट पार्दै पत्रकार सम्मेलन सम्पन्न गरेको छ । कोभिड १९ बिशेष कृषि कार्यक्रम…

गंगादेव गाउपालिकाको बजेट ३५ करोड ८३ लाख ९सय चालीस

असार ११,रोल्पा । गंगादेव गाउपालिका रोल्पाको आठौं गाउँ सभाको उदघाटन एवम् बजेट ,निति सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा…