प्याब्सन रोल्पाद्वारा एकदिने तालिमको आयोजना

कमल वली

माघ २१,रोल्पा ।निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन)जिल्ला शाखा रोल्पाको आयोजना तथा प्याब्सन प्रदेश न: ५ को समन्वयनमा गणित तथा विज्ञान विषय सम्बन्धि एकदिने तालिम लिवाङमा सन्चालन हुने भएको छ।

निजि क्षेत्रको शिक्षालाइ”व्यवहारिक,सीप,संस्कार र प्रबिधि सहितको शिक्षाका लागि विद्यालय शिक्षामा रुपान्तरण”प्याब्सनको मूल नारा भएको र सोही नारालाई साकार पार्नको लागि प्याब्सन अगाडि बढेकोले तालिमको आयोजना गरिएको हो।उक्त तालिमको मुख्य प्रशिक्षकको रुपमा भारतको मुम्बईमा लामो समय सम्म प्रशिक्षकको रुपमा रहनुभएका प्रशिक्षक श्री दिबेश बथिजा आउनु हुने भएको छ।प्याब्सनमा आबद्ध सदस्यीय विद्यालयका प्रिन्सिपल तथा संस्थापकहरुलाइ आफु सहित आफ्नो विद्यालयका २ जना गणित,विज्ञान शिक्षकलाई फाल्गुन ०१ गते सो तालिममा पठाइदिन हुन पनि रोल्पा जिल्ला प्याब्सन हार्दिक अपिल गर्दछ।

तालिमबाट आधुनिक शिक्षण सम्बन्धि महत्वपूर्ण विधिहरुको ज्ञान एवम् भारतमा हुने शिक्षण प्रणालीलाइ नेपालमै दिन सकिने समेत अपेक्षा गरिएको छ।

भर्खरै प्रकाशित

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा विरेन्द्र माविको ७० हजार बढी सहयोग

प्रतिज्ञा बुढामगर रोल्पा, २६ साउन रोल्पामा एक विद्यालयले गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा  ७० हजार बढी सहयोग गरेको छ। त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गाङमा रहको…

नेपाली खेलकुदको बिकास,राखेप लाई खेलाडी मैत्री र मर्यादित बनाउन बफादार…

श्रावण १५,काठमाडौ ।राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोईराला “ज्वाला” र सदस्य सचिव रमेश कुमार सिलवाल ले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ।खेलकुद मन्त्री…

तीज गीतमा अझै मौलिकता हराएको छैन ।

अमर पन्थ श्रावण १३,बुटवल । हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै थरि गीत संगीत आइरहेको बेला भर्खरै मात्रै चर्चित गायक गायीकाको स्वरमा तीज गीत “माइतिको…

रोल्पाको माडी गाउँपालिकाद्वारा पत्रकार सम्मेलन सम्पन्न ।

बुद्धिमान वली साउन ४,रोल्पा । रोल्पाको माडी गाउँपालिकाद्वारा गाउँपालिका भएको बिभिन्न बिषयमा प्रष्ट पार्दै पत्रकार सम्मेलन सम्पन्न गरेको छ । कोभिड १९ बिशेष कृषि कार्यक्रम…

गंगादेव गाउपालिकाको बजेट ३५ करोड ८३ लाख ९सय चालीस

असार ११,रोल्पा । गंगादेव गाउपालिका रोल्पाको आठौं गाउँ सभाको उदघाटन एवम् बजेट ,निति सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा…