लकडाउनको बेला यात्रु ओसार्दै परिवर्तन गाउँपालिकाको सरकारी एम्बुलेन्स

बुद्धिमान वली 

चैत्र २४,रोल्पा । सरकारले आम नागरिकको स्वास्थ्य संवेदनशीलतालाइ मध्यनजर गर्दै पुरै देश लकडाउन गर्ने निर्णय गरेको छ। लकडाउनको बेलामा पनि सरकारले अत्यावस्यक काममा प्रयोग हुने सवारीसाधन चलाउन अनुमति दिएको छ। तर, रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा भने आपतकालीन अवस्थामा प्रयोग हुने एम्बुलेन्स नै दुरुपयोग गरेर यात्रु ओसारपसार गर्न थालेको पाइएको छ।

लकडाउनको बेला बिरामी बोकेर दाङ गएको एम्बुलेन्सले फर्कदा  ८ जना यात्रु बोकेर आएको पाइएको छ।  नुवागाउँ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बसन्त डाँगीले जानकारी दिए अनुसार रा १ झ १७३ नम्बरको एम्बुलेन्स दाङको घोराहीबाट आउदै गर्दा  ८ जना यात्रु बोकेर आएको हो।

एम्बुलेन्सले बिहिवार मात्रै बिरामी लगेर दाङ गएको थियो । एम्बुलेन्समा रहेका यात्रुलाई गएराती नै होटलमा बस्न लगाइएको र आज केहिबेर अघि छोडिएको प्रहरीले जनाएको छ । देश अहिले कोरोनाभाइरसको जोखिमबाट बच्न लकडाउन भएको अबस्थामा अत्यावश्यक बाहेक कुनै पनि सवारी साधन चल्न पाउदैनन ।

एम्बुलेन्सलाई अब यस्तो कार्य नगर्ने सर्तमा छोडिएको प्रहरीले जनाएको छ ।

भर्खरै प्रकाशित

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा विरेन्द्र माविको ७० हजार बढी सहयोग

प्रतिज्ञा बुढामगर रोल्पा, २६ साउन रोल्पामा एक विद्यालयले गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा  ७० हजार बढी सहयोग गरेको छ। त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गाङमा रहको…

नेपाली खेलकुदको बिकास,राखेप लाई खेलाडी मैत्री र मर्यादित बनाउन बफादार…

श्रावण १५,काठमाडौ ।राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोईराला “ज्वाला” र सदस्य सचिव रमेश कुमार सिलवाल ले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ।खेलकुद मन्त्री…

तीज गीतमा अझै मौलिकता हराएको छैन ।

अमर पन्थ श्रावण १३,बुटवल । हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै थरि गीत संगीत आइरहेको बेला भर्खरै मात्रै चर्चित गायक गायीकाको स्वरमा तीज गीत “माइतिको…

रोल्पाको माडी गाउँपालिकाद्वारा पत्रकार सम्मेलन सम्पन्न ।

बुद्धिमान वली साउन ४,रोल्पा । रोल्पाको माडी गाउँपालिकाद्वारा गाउँपालिका भएको बिभिन्न बिषयमा प्रष्ट पार्दै पत्रकार सम्मेलन सम्पन्न गरेको छ । कोभिड १९ बिशेष कृषि कार्यक्रम…

गंगादेव गाउपालिकाको बजेट ३५ करोड ८३ लाख ९सय चालीस

असार ११,रोल्पा । गंगादेव गाउपालिका रोल्पाको आठौं गाउँ सभाको उदघाटन एवम् बजेट ,निति सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा…