रेडस्टार युवा समूहले गर्‍यो कोरोना सम्बन्धी जनचेतना मुलक कार्यक्रम र साबुन वितरण

कान्छा पदम (पदम बहादुर डाँगी)

रोल्पा , २०७६ चैत्र २५ मंगलबार
रोल्पा , हाल विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि आज एक कार्यक्रम गरी रेडस्टार युवा समूह माडी गाउँपालिका -५, भाबाङ बाङमाले निशुल्क साबुन , जनचेतना मुलक पोष्टर वितरण तथा कोरोना भाइरस सम्बन्धि जनचेनतामुलक अडियो सामाग्री प्रचार प्रशार गरेको छ । समूहले साबिकको भाबाङ -५ बाङमाको १३५ घर , प्रहरी चैकि भाबाङ र सामुदायिक स्वास्थ्य इकाई केन्द्र चरिकोटमा समेत साबुन र जनचेतनामुलक पोष्टर वितरण गरेको हो , साथै कोरोना भाइरसको रोकथाम नियन्त्रण र साबुन पानिले हात धुने विधि समेत सिकाएको छ , । माडी गाउँपालिका सदस्य तथा समूहको सल्लाहकार संयोजक सबिना घर्तीको संयोजकत्वमा भएको कार्यक्रममा वडा नागरिक मञ्च सदस्य हर्क बहादुर रोका , संस्थाका पुर्व अध्यक्ष नबिन बुढा मगर, सल्लाहकार सदस्य दिपेन्द्र बुढा मगर , संस्थाको अध्यक्ष खिमा बुढा मगर , उपाध्यक्ष घनश्याम वली, सह-सचिव प्रेम बहादुर वली र सदस्य तिलक वली लगायतको टिमले सावुन वितरण गरेको छ ।
साबुन वितरण तथा जनचेतनामुकल पोष्टर वितरणले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा केहि मात्रामा भएपनि सहयोग पुग्ने संस्थाका अर्का पुर्व अध्यक्ष ललित वली बताउनुभएको छ । साथै साबुन तथा जनचेतनामुलुक पोष्टर वितरणले आफूहरु पनि खुशी भएको स्थानिय शिक्षक झक्कु प्रसाद पुनले बताउनु भएको छ ।

भर्खरै प्रकाशित

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा विरेन्द्र माविको ७० हजार बढी सहयोग

प्रतिज्ञा बुढामगर रोल्पा, २६ साउन रोल्पामा एक विद्यालयले गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा  ७० हजार बढी सहयोग गरेको छ। त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गाङमा रहको…

नेपाली खेलकुदको बिकास,राखेप लाई खेलाडी मैत्री र मर्यादित बनाउन बफादार…

श्रावण १५,काठमाडौ ।राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोईराला “ज्वाला” र सदस्य सचिव रमेश कुमार सिलवाल ले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ।खेलकुद मन्त्री…

तीज गीतमा अझै मौलिकता हराएको छैन ।

अमर पन्थ श्रावण १३,बुटवल । हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै थरि गीत संगीत आइरहेको बेला भर्खरै मात्रै चर्चित गायक गायीकाको स्वरमा तीज गीत “माइतिको…

रोल्पाको माडी गाउँपालिकाद्वारा पत्रकार सम्मेलन सम्पन्न ।

बुद्धिमान वली साउन ४,रोल्पा । रोल्पाको माडी गाउँपालिकाद्वारा गाउँपालिका भएको बिभिन्न बिषयमा प्रष्ट पार्दै पत्रकार सम्मेलन सम्पन्न गरेको छ । कोभिड १९ बिशेष कृषि कार्यक्रम…

गंगादेव गाउपालिकाको बजेट ३५ करोड ८३ लाख ९सय चालीस

असार ११,रोल्पा । गंगादेव गाउपालिका रोल्पाको आठौं गाउँ सभाको उदघाटन एवम् बजेट ,निति सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा…