करूङ बयरघारी मुस्लिम समाज द्धारा नगरपालिकाको कोरोना प्रकोप ब्या.कोषलाई आर्थिक हस्तान्तरण

स्याङ्जा-भीरकोट नगरपालिका -१ मा रहेको ‘करूङ बयरघारी मुस्लिम युवा क्लब’ र ‘करूङ बयरघारी मुस्लिम समाज’ द्वारा कोरोना भाइरस बाट प्रभावित विपन्न परिवारका लागि भीरकोट नगरपालीका प्रकोप व्यवस्थापन कोषमा संकलनको लागि नगर प्रमुख छायाराम खनालज्यु लाई रु.६०,०००.०० हस्तान्तरण गर्नुभएको हो।करुङ मुस्लिम युवा क्लवका अध्यक्ष महम्मद जुमल अलि ले एक कार्यक्रम मार्फत नगर प्रमुख छायाराम खनाल लाई नगद हस्तान्तरण गर्नुभएको थियो।।क्लवले गत हप्ता नै माक्स,सेनेटाईजर र सावुन पनि प्रत्येक मुस्लिम समुदायलाइ बितरण गरिसकेको छ।

राहात स्वारुप चामल, दाल, नुन र तेल को लागि (७५ विपन्न परिवार वरावर ) नगद हस्तांतरण गरेको हो भने क्लबले अभियान चलाए पनि मुख्य भुमिका करूङ बयरघारी मुस्लिम समाज कतार साथै करूङ बयरघारी मुस्लिम समाज ले गर्न्नु भएको थियो अभियान मा क्लबलाई साथ दिने सम्पुर्ण लाई धन्यबाद आभार प्रकट गर्दै क्लवका अध्यक्ष महम्मद जुमल अलि ले ।

सबै संग हातेमालो गर्ने प्रतिबद्धता गर्दै यो विपतको घडिमा हामी आ-आफ्नो ठाउ बाट थोरै धेरै न्यूनवर्गीय परिवारहरु लागी सहयोग गरौं । आफु पनि बाच्ने र विपन्नवर्ग हरूलाई पनि बचाउने वातावरण गर्नु पर्छ भन्दै , अन्तराष्ट्रिय सकंटमा हुने खाने वर्ग हरूले सहयोग गर्नु पर्दछ, नेपाल सरकारको नियम पालना गर्दै लकडाउन सफल पार्न कार्यक्रमा अनुरोध समेत गर्नु भएको थियो।

नगर प्रमुख छायाराम खनाल ज्युले सकंटको घडिमा मानविय भानावालाई उच्च राख्दै हातेमालो गर्नुभएकोमा ,बिपतको घडिमा यस्तै प्रकारको सहयोगको भावना हुनु पर्छ भन्दै सम्पुर्ण लाई धन्यबाद दिदै यो राहत सही ठाउमा सदुपयोग गर्ने समेत प्रतिबद्धता ब्याक्त गर्नुभयसकंटम आयोजित कार्यक्रममा भी न पा- १ का वडा अध्यक्ष दीपेन्द्र केसी, करूङ बयरघारी मुस्लिम समाजका अध्यक्ष नुरूल हक मियाँ, समाजका पदाधिकारीहरू , समाजसेवी हाजि जब्बार अलि मियाँ, इमान मोहम्मद ईसुफ मियाँ, अमिर हाम्जा, हाजी युनुस, मोहम्मद हनिफ, मज्बुन हसन, सैयद मुमद, दिन अहमद, क्लबका पदाधिकारीहरू , वरिष्ठ उपाध्यक्ष कुदरत अलि, सचिव अहमद अलि, कोषाध्यक्ष अब्दुल मजिद , युवा दाजुभाइ हरू, कतार समाजका प्रतिनिधि सफाईतुल मियाँको उपस्थिती रहेको थियो ।

भर्खरै प्रकाशित

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा विरेन्द्र माविको ७० हजार बढी सहयोग

प्रतिज्ञा बुढामगर रोल्पा, २६ साउन रोल्पामा एक विद्यालयले गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा  ७० हजार बढी सहयोग गरेको छ। त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गाङमा रहको…

नेपाली खेलकुदको बिकास,राखेप लाई खेलाडी मैत्री र मर्यादित बनाउन बफादार…

श्रावण १५,काठमाडौ ।राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोईराला “ज्वाला” र सदस्य सचिव रमेश कुमार सिलवाल ले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ।खेलकुद मन्त्री…

तीज गीतमा अझै मौलिकता हराएको छैन ।

अमर पन्थ श्रावण १३,बुटवल । हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै थरि गीत संगीत आइरहेको बेला भर्खरै मात्रै चर्चित गायक गायीकाको स्वरमा तीज गीत “माइतिको…

रोल्पाको माडी गाउँपालिकाद्वारा पत्रकार सम्मेलन सम्पन्न ।

बुद्धिमान वली साउन ४,रोल्पा । रोल्पाको माडी गाउँपालिकाद्वारा गाउँपालिका भएको बिभिन्न बिषयमा प्रष्ट पार्दै पत्रकार सम्मेलन सम्पन्न गरेको छ । कोभिड १९ बिशेष कृषि कार्यक्रम…

गंगादेव गाउपालिकाको बजेट ३५ करोड ८३ लाख ९सय चालीस

असार ११,रोल्पा । गंगादेव गाउपालिका रोल्पाको आठौं गाउँ सभाको उदघाटन एवम् बजेट ,निति सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा…