सरकार अब यसो गर्दा कसो होला ? २०७७ मा सरकारलाई मेरो सुझाव- उपनेता श्रेष्ठ

स्याङ्जा,२८ चैत्र-नेपाली काग्रेंस गण्डकी प्रदेश सभाका ससंदिय दलका उपनेता माननीय मेखलाल श्रेष्ठ ले सरकारलाई २०७७ सालको शुभकामना सहित सुझाव दिएकाछन।अाफ्ना फेसवुक वालबाट सरकारलाई ६ वुदामा अाफ्ना सुझाव राख्नुभएको छ।। सरकार अब यसो गर्दा राम्रो होला।

२०७७ मा सरकारलाइ मेरो सुझाव

कोरोना भाइरस (COVID 19) को बिश्वब्यापी माहमारिको कारण हाम्रो देश नेपाल पनि बिगत १७ दिन देखी लक्डाउनको अबस्थामा गुजि्ररहेको छ ! चिकित्सक तथा स्वास्थ कर्मी एबम प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना बाहेक सबैले दैनिक कार्य स्थगन गरि घर भित्र बसेका छन !

दैनिक जोखिमपुर्ण कार्यमा खटिएका चिकित्सक तथा स्वास्थ कर्मी एबम प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सङग यो बेला आर्थिक सहयोग नलिने र सुबिधा कटौती पनि नगरी उनिहरुलाई थप प्रोत्साहन र सुबिधा थप्दै घरमै बसेका जनप्रतिनिधी लगायत अन्य कर्मचारी तथा ब्यापारी ब्यबसायीहरु सङग उचित सहयोग माग्ने र साम्सद्को एकल बिबेकले खर्च गरिने अरबौ रकमका सङ्घ र प्रदेश तहका स्थानिय पुर्वाधार बिकास साझेदारी कार्यक्रम स्थगन गरि यहि बिपद्को अबस्थामा दैनिक ज्याला मजदुरि गरि जिविका चलाउनेहरुको लागी उचित राहत र सन्क्रमितहरुको उपचारमा खर्च गर्ने निर्णय गरे कसो होला सरकार ! बेलैमा सोचौ !

भगवानले हामिलाइ समय दिए पनि हामी र हाम्रो सरकार अझै ठिक बाटोमा हिड्न नसकेको निस्कर्ष ब्याप्त छ ! अब सरकारले यो लकडाउन्लाइ अझै प्रभावकारी बनाउन केही सुझावहरु राख्न चाहन्छु ।

१. सर्वप्रथम सामाजिक रूपमा दूरी कायम राखी सर्वसाधरणलाई सुलभ हुने खालका नियमहरु बनाउने ।

२. खाद्यन्न तर्कारी लगायत उपभोग्य समानको बितरन २४घन्टा खुला राख्ने जस्ले गर्दा उपभोक्ताहरुलाइ समय मिलाएर जान सहज होश ।

३. बैंक र बित्तीय संस्थाहरुलाइ सबै ठाँउमा सबै समय खुल्ला राख्न लगाउने जस्ले गर्दा आर्थिक अवस्थामा अवरुद्ध नआओस ।

४. उध्योग धन्दा लगायत कृषि उपज्का उत्पादनहरुलाइ सरकारले आवस्यक सतर्कता अपनाइ सन्चालन गर्नको लागि प्रोत्साहन गर्नुपर्दछ जस्ले गर्दा देशलाइ आर्थिक संकटबाट बचाउनको साथै कालो बजारी र अपुग बाट जनतालाइ राहत दिन सकिन्छ ।

५. सरकारले तत्काल माथीका कदम चाल्नको लागि सरोकार वाला र राज्नितिक दलहरुसङ्ग छल्फल चलाउन जरुरी छ।

६. कोभिड १९ बाट देश र जनतालाइ बचानकोलागी सबैभन्दा जरुरी सामाजिक दूरिमा कडाइ गर्ने परिक्षणको दायरालाइ युद्ध स्थरमा फराकिलो बनाउने आव्स्यक उपकरण र औसधिको ब्यवस्था गरि यो रोगलाई रोकथाम निर्मुल पार्न अन्य बिदेशीले गरेका राम्रा कामहरुलाइ सिक्दै कम्जोरिलाइ हाटाउदै यो रोगलाइ जित्न सफल्ता मिलोस। २०७७को शुभकामना ।

भर्खरै प्रकाशित

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा विरेन्द्र माविको ७० हजार बढी सहयोग

प्रतिज्ञा बुढामगर रोल्पा, २६ साउन रोल्पामा एक विद्यालयले गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा  ७० हजार बढी सहयोग गरेको छ। त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गाङमा रहको…

नेपाली खेलकुदको बिकास,राखेप लाई खेलाडी मैत्री र मर्यादित बनाउन बफादार…

श्रावण १५,काठमाडौ ।राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोईराला “ज्वाला” र सदस्य सचिव रमेश कुमार सिलवाल ले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ।खेलकुद मन्त्री…

तीज गीतमा अझै मौलिकता हराएको छैन ।

अमर पन्थ श्रावण १३,बुटवल । हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै थरि गीत संगीत आइरहेको बेला भर्खरै मात्रै चर्चित गायक गायीकाको स्वरमा तीज गीत “माइतिको…

रोल्पाको माडी गाउँपालिकाद्वारा पत्रकार सम्मेलन सम्पन्न ।

बुद्धिमान वली साउन ४,रोल्पा । रोल्पाको माडी गाउँपालिकाद्वारा गाउँपालिका भएको बिभिन्न बिषयमा प्रष्ट पार्दै पत्रकार सम्मेलन सम्पन्न गरेको छ । कोभिड १९ बिशेष कृषि कार्यक्रम…

गंगादेव गाउपालिकाको बजेट ३५ करोड ८३ लाख ९सय चालीस

असार ११,रोल्पा । गंगादेव गाउपालिका रोल्पाको आठौं गाउँ सभाको उदघाटन एवम् बजेट ,निति सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा…