आमा

प्रिय अवसर, धेरै धेरै धन्यवाद !!!
म निकै आल्दादित छु ।
बिगतलाई सम्झदै वर्तमान सुम्सुम्याउदै छु । साची आमा ” तिमी नभैदिएको भए; हामी के हुन्थेऔ होला??

बिकार र बिनासले पोतिएको यो सन्सारमा धर्म र अधर्मको बोध नभएको अवस्था छ ।अहम् भाव र ममभावले कर्मनिस्ठामा आसक्त भएको पाईदैन। यो निर्विकार एवम् काल्पनिक चाह, लोभ, लालच, मोह, मायाको वियोगको वासनाले कथित समय आफ्नै अगाडिको जिउदो भगवानलाई साछ्यात्कार गर्ने बिर्सेका हुन्छौं । आज तिनै आमामा समर्पित यो सम्झना।

मुल ढोकाको दाहिने छेउमा सानो खाट; खाट्माथी बुनेको गुन्द्री र चकटी राखेर एता उता हेर्दै, को आयो को गयो, जान्न खोज्दै, कोहि चिने २मिनेट कुरा गर्दै, कोहि चिन्न पर्नेलाई चिन्दै ; चिनाउदै, भुल्दै भुलाउदै बित्दैछ भन्नुहुन्छ हाम्री हजुरआमा । हजुरआमा पनि मख्ख हुनुहुन्छ। “आठ दसक नाघिसकेको उहाको जीवन, च्याउरिएर लतृदै गरेको उनका दुबै गाला, गन्तव्य हेर्दा हेर्दै थकित देखिएका उनका मधुरा आखाहरु, गोरो जिउडाल, चन्दन घसिएको निधार, सेताम्मे फुलेको कपाल, भोजनमा सिकारभन्दा पहिले गलामा तुलसिको माला, यो अवस्थामा पनि हास्दा छर्लङ्ग देखिने उहाका दन्तलहरले उहालाई परिभासित गर्दछ। तिमिलाई नदेखी मर्छु कि कुन्नी ” भनेर सधै भन्नुहुन्छ । आहिले नेपालमा भएको आस लाउदो नाति भन्नुहुन्छ । बर्खाको मौसम जस्तो उहाको स्वास्थ एकैछिन मिठा मिठा यादहरुमा भिज्न पाए पुग्छ; निको भैहाल्नुहुन्छ।आहिले सङै छौँ निकै खुसी हुनुहुन्छ। उहालाई उहसङै बसिदिए; उहाकै कुर सुनिदिए पुग्छ।
उजाड जिवनलाई गोड्ड्दा गोड्दै मेटिएका हस्त रेखाहरु, “छोरा अलि लामो बिदा लिएर आइज न ; अत्यार नै मेटिएन” भन्दै फर्किने बेला आमाले जहिले भन्ने वाक्य याद आएको छ। आफुलाई आज निकै भाग्यमानी ठानेको छु किनकी लामो अन्तराल पस्चात यसरी घरमै निधारमा टीका लगाउदै म अशाध्है खुसी छु। प्रफुल्लिय छु। न सामाजिक सन्जालमा कता कताका कहिलेका महिलेका फोटा हतार हतार खोज्ने झन्झट न पोस्ट्याउने ।
धेरैपछि जन्मदिने आमालाई नजिकबाटै नियाल्न अनि महसुस गर्न पाएको छु।सम्झदैछु; हामिलाई सेतिनदि तराउदा तराउदै थाकिसकेका ती कहिले नथाक्ने जस्ता देखिने पाईलाहरु; बुबा आफ्नो जीवनकालको एक तिहाई भन्दा बढी समय बिदेशमा रोजगारिको सिल्सिलमा संघर्ष गरि ब्यतित गरिरहदा समेत हाम्री आमाले हाम्रो पालन पोषणमा कहिले बुबाको कमि हुन दिनु भएन। टाढा भएर बुबा हामी संग भावनात्मक रुपमा बढि अनि भौतिक रुपमा अलि कम उदाउनुहुन्थ्यो।

लाहुरबाट आएका खामहरु जतनले राखी कुनामा गएर एक्लै पढ्दै सुक्क सुक्क रुदै साना लालाबाला संग हास्दै रुदै, हात खियाउदै चित्त बुझाउनुहुन्थ्यो। उ बेला कहाँ थियो मोवाईल अनि मोवाईलमा हुने फेसबुक र भाईबर । छ महिन वर्षदिनको एक चिट्ठीको सहाराले बित्दै थिए ती कष्टकर दिनहरु ।साहुकहाँ बाट उधारो सर सामानको ओईरो, पढाउदा ज्यान त्यान चलेको लालिम, गगनगौडा, काठमाडौं सम्मको सैछिक यात्रा र पनि आमाको आत्मबल अनि हौसला सम्झन लाएक छन।

बर्षमा एक पटक आउनुहुन्थ्यो १ महिनाको छुट्टी ।उहाको समर्पण र त्यागको अर्थ मेरो शब्दकोशमा छैन ।
उहाको लागि थपी थपी पकवानहरु बनी रहन्थ्यो । बाबू संघर्षसंगको युद्धसंग अल्पबिराम लगाएजसरी घरमा आउदा मक्ख हुनुहुन्थ्यो । छुट्टिमा आएको लाहुरेको गन्ध पाएपछी घरमा ओईरो नलाग्ने कुरै थिएन।।मानौ, केही समयको लागि एक अघोसित “बाहुन भट्टी” थियो। “बाहुन भट्टी” बाट दुई खुट्टले सरसर घर जान तम्तयार निकै कम देखिन्थे। आमालाई अतिथी सत्कार र भान्छाले कहिले छोडेन। डिया कराएसी डोको बोकेर भोटेक्याम्प, सेतिको तिर, असिको चौतारो, खेत , सियाले, खोरादी, ओख्ले जहाँ अनुकुल हुन्छ तेहि पुग्दथिन। न झरी न टन्टलापुर घाम, न हुरि केहिले छोएन उहालाई।बस लागिपर्नुभयो नाम र बिशेषण बिनाको कर्ममा ।

कामले खाएको हात गोडाका नङ, पट्पट्ती फुटेका खुट्टाका पैताला छेउ, सधै कोर्न बिर्सेको कालो कपाल, लिपइस्टिक नपुगेका फुस्रा ओठहरु, लाली नपोतिएको उनको मुहार, तुना मैनबत्तिले जमाएर लगाएका उनका चाईनिज चप्पल जुन एक्पतक पाखो पुगेर भारी पुर्याएर घर तिर आउदा आधी बाटोमा चुटी हल्थ्यो ।

बिरामि आमा सेती छेउको नाङ्गो भिरमा दुई मुठि खर च्यातिरहेको समय बुबा कुनै अनकन्टार जङ्गलमा हुदा जम्मु कश्मिरबाट आएको फोन हतार हतार फोन आयो भन्ने खबरिलाललाई ५ रुपैयाँ दिएर फोन उठाउन दुलेगौंडा ठाडो गम्डो उक्लने हाम्री आमा “म्यारी कम” भन्दा कम लग्थेन।

बिहान ४ बजे कुखुराभन्दा पहिले बासेर हामिलाई पढ भन्ने पहिले गुरुआमा उहाँ नै हुनुहुन्छ। सबेरै पधेरी बाट पानी ओसार्ने, कुडो बनाउने, भैंसी दुहुने, चिया खाना बनाउने, लुगा धुने, घर सफा गर्ने, हजुरआमाको स्याहार सुसार गर्ने, खेत गोड्ने, खेतमा गरो पट्याउने जाने, कुलो सफा गर्ने, घाँस काट्ने, गाडेको अचार बनाउने, बारि निख्न्ने, मौसम अनुसारको बीउ बिजन रोप्ने, छर्ने, सम्झन पर्ने सबैलाई फोन गर्ने, अर्म पर्म गर्ने समय अनुसार गर्ने एक आमा हुन् कि जिउदो भगवान् छुट्याउन गाह्रो थियो ।

पुलको मुखमा कहिले दूध त कहिले घिउ बेचेर उत्कृष्टताको सैछिक प्रमाणपत्र पाउने आमा हुन् उनी । बुबा पिता हुनुहुन्छ भने आमा कर्म पिता । उहाँ एक आमा मात्र होईन आत्माबोधको शास्त्र हुनुहुन्छ। उहाँ सृष्टिकर्ता अनि सब थोक हुनुहुन्छ।

समयले जुराएको यो भेट प्रती म नतमस्तक छु । बन्दाबन्दी अझै लम्बियोस, सम्झनाहरु अझै गाढा हुँदै जाउन, बाहिर बन्द भएपनी मन सधैं खुला , उदार, निस्चल, निर्मल रहिरहोस।
तपाई हुनुहुन्छ र पो यो खुसी जिउदै छ, म खुसी महसुुस गर्दै छु जसरी म सनो छदा तपाईसङ हुदा हुने गर्थें । तपाईको मुहारमा सधै खुसी देख्न पाउ आमा।।।।

लेखक :- विशाल प्रशान्त पौडेल शाखा प्रबन्धक,कृषि बिकास बैक लिमिटेड रामपुर,पाल्पा

भर्खरै प्रकाशित

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा विरेन्द्र माविको ७० हजार बढी सहयोग

प्रतिज्ञा बुढामगर रोल्पा, २६ साउन रोल्पामा एक विद्यालयले गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा  ७० हजार बढी सहयोग गरेको छ। त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गाङमा रहको…

नेपाली खेलकुदको बिकास,राखेप लाई खेलाडी मैत्री र मर्यादित बनाउन बफादार…

श्रावण १५,काठमाडौ ।राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोईराला “ज्वाला” र सदस्य सचिव रमेश कुमार सिलवाल ले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ।खेलकुद मन्त्री…

तीज गीतमा अझै मौलिकता हराएको छैन ।

अमर पन्थ श्रावण १३,बुटवल । हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै थरि गीत संगीत आइरहेको बेला भर्खरै मात्रै चर्चित गायक गायीकाको स्वरमा तीज गीत “माइतिको…

रोल्पाको माडी गाउँपालिकाद्वारा पत्रकार सम्मेलन सम्पन्न ।

बुद्धिमान वली साउन ४,रोल्पा । रोल्पाको माडी गाउँपालिकाद्वारा गाउँपालिका भएको बिभिन्न बिषयमा प्रष्ट पार्दै पत्रकार सम्मेलन सम्पन्न गरेको छ । कोभिड १९ बिशेष कृषि कार्यक्रम…

गंगादेव गाउपालिकाको बजेट ३५ करोड ८३ लाख ९सय चालीस

असार ११,रोल्पा । गंगादेव गाउपालिका रोल्पाको आठौं गाउँ सभाको उदघाटन एवम् बजेट ,निति सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा…