विषम परिस्थितिमा पनि नेपाल बैंक लिमिटेड घर्तिगाउँ  शाखाको उदाहरणीय बैंकिङ सेवा ।

जेठ २१,रोल्पा ।
विश्वव्यापीमाहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड–१९) को कारण नेपाल पनि अहिले लक डाउनको ७२ दिन कटिसकेको अबस्थामा छ । स्थिति असामान्य अवस्थामा रहेको छ ।
२०७६ चैत ११ गते लकडाउन सुुरु हुदा मुुलुुकमा कोभिड–१९ संक्रमितदुुई जना थिए भने आजको मितिमा २००० कटिसकेका छन । यही विचमा ८ जनाको संक्रमणले मृत्युु भइसकेको छ । अधिकांश  बैंक तथा वित्तीय संस्थाहरु आलोपालो प्रणालीबाट सिमित समय र  सिमित दिनहरुमा खोली भिडभाड मात्र बढीरहेको छैन, सेवाग्राहीहरुमा निराशा समेत  व्याप्त देखिन्छ ।
यस विषम परिस्थितिमा रोग,भोग र शोकले निराशा  छाइरहदा नेपाल बैंक लिमिटेड,घर्तिगाउ‘ शाखाले प्रदान गर्ने बैंकिङ सेवा उदाहरणीय देखिन्छ । माडी गाउँपालिका रोल्पाको जेठ १८ को अनुुरोध बमोजिम घर्तिगाउँ  शाखा अर्को सुूूचनाजारी नहुदासम्म सार्वजनिक विदाको दिनबाहेक प्रत्येक दिन बिहान १०.०० बजे देखि अपराह्न  २.०० बजे सम्म संञ्चालनमा रहदै आएको छ ।प्रत्येकदिन साझ ५.०० बजे सम्मकार्यलयमै भेटिने बैंक कर्मचारीहरुले यस कठिन परिस्थितिमा समेत सामाजिक दूूरी कायमगरि प्रभावकारी बैंकिङ सेवा प्रवाह गरिरहेको छ  ।
ग्राहकहरुलाई मास्क लगाउन अनिवार्य गरिएको छ भने बिहान १०.०० बजे नै बैंकको प्राङगणमा पुुगेका ग्राहकहरुको लागी साबुुनपानिले हातधुुन समेत अनिवार्य व्यवस्था गरिएको छ । बैंकले गेट बाहिर एक मिटर भन्दा बढी दुुरीमा घेरा मार्किङ गरिएको छ भने बृद्ध तथा अपांगहरुको लागि थ्रीसिटर बेन्चहरुको बिचमा खाली राखी दायॉ र बायॉ बस्ने व्यवस्था गरिएको छ ।मार्किङ गरेको गोल घेरामा बसेका ग्राहकहरु गेटमा पुुग्दा बैंक सुुरक्षा गार्डले दिएको सेनिटाईजरले हात सफा गर्न भन्छन भने भित्र कर्मचारीहरुको अगाडि प्लास्टिकले बनाएका क्याबिन भित्रबाट नै छिटो छरितोरुपमा बैंकिङ सेवाप्रदान गरेको छ । कोभिड–१९ मुुख्यतया कुुनै संक्रमित व्यक्तिले खोक्दा,हाच्छिउँ  गर्दा वा सास फेर्दा निक्लने अत्यन्त साना थोपाहरुबाट अर्काे ब्यक्तिमा सर्ने भएकोले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै जोखीम न्यूनीकरण हुुने गरि दैनिक रुपमाआवश्यक बैंकिङ सेवा उपलब्ध गराईरहेको जानकारी नेपाल बैंक लिमिटेड,घर्तिगाउँ शाखाका प्रबन्धक महेश राज जोशीले जानकारी दिनुुभयो ।
सामाजिक दूरी कायम गर्नु बाहेक हाल सम्मकुुनै औषधी पत्ता नलागेको कारण पनि अनुसासनको पुुर्ण पालनगरि बैंकिङ सेवालिनहुनग्राहकहरुमा अनुरोध गर्दै सकेसम्म डिजिटल बैंकिङ सेवाप्रयोग गर्न समेत जोशीले आग्रह गर्नुभयो । बैकमा प्रयोग हुुने कलम सम्पुुर्ण ग्राहकहरुको लागी साझाहुुने भएकोले सके सम्म घर बाटै कलम बोक्ने बानी बसाल्न हुुन बैंक कर्मचारहिरुले ग्राहकहरुलाई अनुुरोध गर्ने गरेका छन् । यस ठाउँका स्थानीय बासिन्दा निकै मेहनति र उद्यमसिल रहेकोमा खुसि प्रकट गर्दै लकडाउनको समयमा समेत माडी गाउँपालिकासंग हातेमालो गरी किसान,उध्यमी तथा सरकारी कर्मचारीहरुलाई बिना धितो कर्जा प्रभाव गरिरहेको जनाउदै सय भन्दा बढी कर्जा ग्राहकहरु रहेको यस शाखामा असारमहिना सम्म सत प्रतिशत ब्याज उठिसक्ने बिश्वास समेत जोशीले ब्यक्त गर्नुुभयो ।
बैशाख,जेष्ठ र असारमा ब्याज तथा किस्ता भुुक्ता नगर्ने कर्जा ग्राहकहरुको ब्याजमा नेपाल बैकले २ प्रतिशत छुुट गरि सम्बन्धित ग्राहकको खातामा रकम जम्मागरिदिने ब्यवस्था समेत गरेको छ ।

भर्खरै प्रकाशित

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा विरेन्द्र माविको ७० हजार बढी सहयोग

प्रतिज्ञा बुढामगर रोल्पा, २६ साउन रोल्पामा एक विद्यालयले गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा  ७० हजार बढी सहयोग गरेको छ। त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गाङमा रहको…

नेपाली खेलकुदको बिकास,राखेप लाई खेलाडी मैत्री र मर्यादित बनाउन बफादार…

श्रावण १५,काठमाडौ ।राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोईराला “ज्वाला” र सदस्य सचिव रमेश कुमार सिलवाल ले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ।खेलकुद मन्त्री…

तीज गीतमा अझै मौलिकता हराएको छैन ।

अमर पन्थ श्रावण १३,बुटवल । हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै थरि गीत संगीत आइरहेको बेला भर्खरै मात्रै चर्चित गायक गायीकाको स्वरमा तीज गीत “माइतिको…

रोल्पाको माडी गाउँपालिकाद्वारा पत्रकार सम्मेलन सम्पन्न ।

बुद्धिमान वली साउन ४,रोल्पा । रोल्पाको माडी गाउँपालिकाद्वारा गाउँपालिका भएको बिभिन्न बिषयमा प्रष्ट पार्दै पत्रकार सम्मेलन सम्पन्न गरेको छ । कोभिड १९ बिशेष कृषि कार्यक्रम…

गंगादेव गाउपालिकाको बजेट ३५ करोड ८३ लाख ९सय चालीस

असार ११,रोल्पा । गंगादेव गाउपालिका रोल्पाको आठौं गाउँ सभाको उदघाटन एवम् बजेट ,निति सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा…