नेकपा रुन्टीगढीद्वारा सामाजिक संजालमा आएका भ्रामक समाचारप्रती ध्यानाकर्षण  ।

जेठ २५,रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुन्टीगढी गाउँपालिका रोल्पाले केहिदिन यता सामाजिक संजालमा गाउँपालिका सरकारप्रती आएका भ्रामक समाचारमा  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टी अध्यक्ष आशाराम गुरुङद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत सामाजिक संजाल फेसबुक तथा दर्ता नभएका अन्लाईन मार्फत गाउँपालिकामा रहेका क्वारिन्टिन र गाउँपालिका अध्यक्ष वालाराम बुढाप्रती लेखिएका भ्रामक,तथा तथ्यहिन समाचारमा सत्यता नभएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो । कोरना भाइरसले देश नै थलिएको बेला प्रतिपक्षी दलले समेत उद्धार लगाएतको काममा साथ दिनको साटो भ्रामक समाचारको बिज्ञप्तीमार्फत निन्दा गरेको छ । गाउँपालिकाको विषयमा चासो र सुझाव हुँदा सिधा गाउँपालिकामा सम्पर्क गर्ने बाटो सधै खुला रहनुपर्ने भन्दै भ्रमको पछि नलाग्न सबैलाई आग्रह गरेको छ ।
केहिदिन अघि दर्ता नभएको अनलाइनले गाउँपालिकाको क्वारेन्टिनको व्यवस्थापनको विषयलाई गलत ढंगले व्याख्या गर्दै लेखेको र अध्यक्ष माथी गम्भीर आरोप लगाएको थियो भने सामाजिक संजालमा समेत तथ्यहिन कुरा लेकिएको पाइएकोले विज्ञप्तीमार्फत प्रष्ट पारेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

भर्खरै प्रकाशित

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा विरेन्द्र माविको ७० हजार बढी सहयोग

प्रतिज्ञा बुढामगर रोल्पा, २६ साउन रोल्पामा एक विद्यालयले गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा  ७० हजार बढी सहयोग गरेको छ। त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गाङमा रहको…

नेपाली खेलकुदको बिकास,राखेप लाई खेलाडी मैत्री र मर्यादित बनाउन बफादार…

श्रावण १५,काठमाडौ ।राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोईराला “ज्वाला” र सदस्य सचिव रमेश कुमार सिलवाल ले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ।खेलकुद मन्त्री…

तीज गीतमा अझै मौलिकता हराएको छैन ।

अमर पन्थ श्रावण १३,बुटवल । हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै थरि गीत संगीत आइरहेको बेला भर्खरै मात्रै चर्चित गायक गायीकाको स्वरमा तीज गीत “माइतिको…

रोल्पाको माडी गाउँपालिकाद्वारा पत्रकार सम्मेलन सम्पन्न ।

बुद्धिमान वली साउन ४,रोल्पा । रोल्पाको माडी गाउँपालिकाद्वारा गाउँपालिका भएको बिभिन्न बिषयमा प्रष्ट पार्दै पत्रकार सम्मेलन सम्पन्न गरेको छ । कोभिड १९ बिशेष कृषि कार्यक्रम…

गंगादेव गाउपालिकाको बजेट ३५ करोड ८३ लाख ९सय चालीस

असार ११,रोल्पा । गंगादेव गाउपालिका रोल्पाको आठौं गाउँ सभाको उदघाटन एवम् बजेट ,निति सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा…