भर्ना र पाठ्यपुस्तक वितरण असार १० सम्म गरि सक्न रुन्टीगढीको निर्णय ।।

भरत केसी ।

जेठ २९,होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिकाले मातहतका सम्पूर्ण विद्यालयहरुमा विद्यार्थी भर्ना गरि असार १० गते भित्र विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने निर्णय गरेको छ ।
बुधबार गाउँपालिका शिक्षा शाखाको संयोजनमा सरोकारवालाहरुको सहभागितामा बसेको बैठकले विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याएपछी विभिन्न विकल्प प्रयोग गरि विद्यार्थीलाई पढाईमा अभ्यस्त बनाउन सकिने भएकोले सो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका शिक्षा शाखा संयोजक अन्जु शर्माको अध्यक्षतामा बसेको बैठकले विश्व महामारीको रुपमा फैलिएको कोविट -19 रोगको कारणले शैक्षिक क्षेत्रमा परेको पूर्ण असरलाई न्यूनीकरण गर्न गाउँपालिका मातहतका विद्यार्थीको पढाईलाई कसरी वैकल्पिक उपायबाट सन्चालन गर्न सकिने भन्नेबारे माथिल्ला सरकारको परिपत्रलाई समेत आधार मानेर अघि बढ्ने बताईएको छ ।
बैठकमा प्रमुख अतिथिको रुपमा बोल्दै गाउँपालिका अध्यक्ष बालाराम बुढाले महामारीको समयमा सबैभन्दा बढी प्रभावित विद्यार्थी भएकोले अब विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेपछी तीन तहको सरकारको सहकार्यबाट विद्यार्थीको पढाई विकास गर्ने विकल्पमा जानुपर्ने बताउनुभयो ।
शिक्षक नै समाज सुधारको अगुवा भएकोले सकारात्मक कामका लागि गाउँपालिका सधै शिक्षकसंग सहकार्य गर्न तयार गरेको अध्यक्ष बुढाको भनाई रहेको थियो ।
एक अर्को प्रसंगमा सहभागीको जिज्ञासालाई जोड्दै अध्यक्ष बुढाले माध्यमिक अनुदान शिक्षकको पारिश्रमिक, बालविकास शिक्षक र विद्यालय कर्मचारीको पोशाक भत्ताको बजेट समयमै सम्बन्धित शाखाका कर्मचारीले सुचना नपाउदा फर्केर गएको स्मरण गर्दै उक्त बजेट फर्काउन आफु केन्द्रमा लामो समयको प्रयास गरेपनि भर्खरै नआउने सुचना भएपछि गाउँपालिकाको स्रोत व्यवस्थापन गरि खाईपाई आएको पारिश्रमिक र पोशाक भत्ता पाउने गरि कार्यपालिकाले निर्णय गरेकोले चाडै निकासा हुने जानकारी गराउनुभएको थियो ।
बैठकमा सरकारी विद्यालयमा कार्यरत निजि स्रोतका शिक्षकले खाईपाई आएको पारिश्रमिक पाउनुपर्ने, गाउँपालिकाको अनुदान शिक्षकको पारिश्रमिक निकाशाको बारेमा पनि छलफल भएको बताईएको छ। त्यस्तै अबक्क त्रैमासिक तलबभत्ता निकासाको लागि माग फारम र दिवाखाजा बिलभर्पाई जेठ मसान्तसम्म अनिवार्य बुझाईसक्न समेत निर्णयमा भनिएको छ ।
गाउँपालिका उपाध्यक्ष छमायाँ पुन, कार्यकारी अधिकृत चिरञ्जीवी जिएम,शिक्षा शाखाका प्राविधिक सहायक घन बहादुर डाँगी, नेपाल शिक्षक महासंघ अध्यक्ष भिम बहादुर दशौंदी,महासंघ अन्य प्रतिनिधि,शिक्षकका संघसंगठनका प्रमुख प्रतिनिधि,विद्यालयका प्रधानाध्यापक, पाठ्यपुस्तक विक्रेता लगाएतको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण शिक्षा शाखा कर्मचारी कुलराज आचार्यले गर्नुभएको थियो ।

भर्खरै प्रकाशित

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा विरेन्द्र माविको ७० हजार बढी सहयोग

प्रतिज्ञा बुढामगर रोल्पा, २६ साउन रोल्पामा एक विद्यालयले गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा  ७० हजार बढी सहयोग गरेको छ। त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गाङमा रहको…

नेपाली खेलकुदको बिकास,राखेप लाई खेलाडी मैत्री र मर्यादित बनाउन बफादार…

श्रावण १५,काठमाडौ ।राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोईराला “ज्वाला” र सदस्य सचिव रमेश कुमार सिलवाल ले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ।खेलकुद मन्त्री…

तीज गीतमा अझै मौलिकता हराएको छैन ।

अमर पन्थ श्रावण १३,बुटवल । हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै थरि गीत संगीत आइरहेको बेला भर्खरै मात्रै चर्चित गायक गायीकाको स्वरमा तीज गीत “माइतिको…

रोल्पाको माडी गाउँपालिकाद्वारा पत्रकार सम्मेलन सम्पन्न ।

बुद्धिमान वली साउन ४,रोल्पा । रोल्पाको माडी गाउँपालिकाद्वारा गाउँपालिका भएको बिभिन्न बिषयमा प्रष्ट पार्दै पत्रकार सम्मेलन सम्पन्न गरेको छ । कोभिड १९ बिशेष कृषि कार्यक्रम…

गंगादेव गाउपालिकाको बजेट ३५ करोड ८३ लाख ९सय चालीस

असार ११,रोल्पा । गंगादेव गाउपालिका रोल्पाको आठौं गाउँ सभाको उदघाटन एवम् बजेट ,निति सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा…