रोल्पाको माडी गाउँपालिकाद्वारा पत्रकार सम्मेलन सम्पन्न ।

बुद्धिमान वली
साउन ४,रोल्पा । रोल्पाको माडी गाउँपालिकाद्वारा गाउँपालिका भएको बिभिन्न बिषयमा प्रष्ट पार्दै पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।
कोभिड १९ बिशेष कृषि कार्यक्रम अन्र्तगत हस्तान्तरित बजेट बमोजिम कार्यक्रम संचालन भएकोमा गाउँपालिकाबासीबाट गुनासो आएकोले स्पष्ट पार्ने भन्दै सम्मेलनको आयोजना गरिएको गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनले जानकारी दिनुभयो । गएको साउन २ गते गाउँपलिकाको कोभिड लक्षित बजेटमा पारदर्शी नभएको भन्दै नेपाली कंग्रेसलगाएतको युवा समुहले गाउँपालिकामा प्रदशन गरेको र अन्य व्यक्तिको पनि चसो भएकोले सम्मेलनको आयोजना गरिएको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाले कोभिड बजेटमा सुचना दिने कुरामा केही त्रुति रहेको भएपनि बिधि सम्बत नै बजेट उपलब्ध गराएको जानकारी दिइएको थियो । गाउँपालिकामा ६८ वटा निबेदन पेश गरेको र मापदण्ड पुगेका ६७ वडा प्रस्ताव स्वकृत गरेकोले पक्षपात नभएको जानकारी दिइएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिका अध्यक्ष पुनले गाउँपालिकामा भएका गतिबिधिमा कुनै पुर्बाग्रह नभएको प्रस्ट पार्दै चित्त नबुझेको कुरा कार्यालयमै आएर बुझ्नुपर्नेमा देश नै लक डाउन भएको अवस्थामा अराजक गतिविधि गरेकोमा आफुहरुको ध्यानाकर्षण भएको जानकारी दिनुभएको थियो । पत्रकार सम्मलेनमा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने,पहिलो कार्यकाल अध्यक्ष मानसिंह बिक,पुर्ब अध्यक्ष खेम बुढामगर, महासंघ उपाध्यक्ष देबी गुुरुङ, प्रस संगठनका केन्द्रिय सदस्य नबिन लोचनमगर,प्रेस युनियन रोल्पाका अध्यक्ष लोकेन्द्र चन्द रेडियो माडी आवाजका स्टेशन म्यानेजर बुद्धिमान वली, नेपाल टेलिभिजनका रोल्पा संवाददाता माधव वली रोल्पा समाचार साप्ताहिकका रेशम बिकलगाएत रोल्पाका पत्रकारहरुको उपस्थिति रहेको थियो ।
गाउँपालिका उपाध्यक्ष धनिकला घर्ति बुढामगरको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका शिक्षा अधिकृत परशुराम ढकालले गर्नुभएको थियो ।

भर्खरै प्रकाशित

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा विरेन्द्र माविको ७० हजार बढी सहयोग

प्रतिज्ञा बुढामगर रोल्पा, २६ साउन रोल्पामा एक विद्यालयले गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा  ७० हजार बढी सहयोग गरेको छ। त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गाङमा रहको…

नेपाली खेलकुदको बिकास,राखेप लाई खेलाडी मैत्री र मर्यादित बनाउन बफादार…

श्रावण १५,काठमाडौ ।राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोईराला “ज्वाला” र सदस्य सचिव रमेश कुमार सिलवाल ले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ।खेलकुद मन्त्री…

तीज गीतमा अझै मौलिकता हराएको छैन ।

अमर पन्थ श्रावण १३,बुटवल । हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै थरि गीत संगीत आइरहेको बेला भर्खरै मात्रै चर्चित गायक गायीकाको स्वरमा तीज गीत “माइतिको…

रोल्पाको माडी गाउँपालिकाद्वारा पत्रकार सम्मेलन सम्पन्न ।

बुद्धिमान वली साउन ४,रोल्पा । रोल्पाको माडी गाउँपालिकाद्वारा गाउँपालिका भएको बिभिन्न बिषयमा प्रष्ट पार्दै पत्रकार सम्मेलन सम्पन्न गरेको छ । कोभिड १९ बिशेष कृषि कार्यक्रम…

गंगादेव गाउपालिकाको बजेट ३५ करोड ८३ लाख ९सय चालीस

असार ११,रोल्पा । गंगादेव गाउपालिका रोल्पाको आठौं गाउँ सभाको उदघाटन एवम् बजेट ,निति सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा…