नेपाली खेलकुदको बिकास,राखेप लाई खेलाडी मैत्री र मर्यादित बनाउन बफादार रहनेछु।-उपाध्यक्ष कोईराला

श्रावण १५,काठमाडौ ।राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोईराला “ज्वाला” र सदस्य सचिव रमेश कुमार सिलवाल ले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ।खेलकुद मन्त्री जगत बहादुर बिश्वोकर्माले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो।सपथ ग्रहण समरोहमा अाफ्ना प्रतिबद्धता भनाई राख्दै नवयुक्त उपाध्यक्ष ले अाफु नेपाली खेलकुद को बिकास र खेलकुद लाई मर्यादित खेलाडी मैत्रि बनाउन बफादार रहने बताउनु भएको छ।राखेपलाई खेलाडी मैत्रि बनाउनु पर्ने अाजको अावश्यकता देखिएको छ।यो हामी बाट सम्भव रहेको वहाले बताउनु भयो।मलाई यस स्थानमा पुर्याउन सहयोग गर्ने सम्पुर्ण पार्टीका नेत्रित्व,खेलकुद मन्त्री,खेलाडी र शुभचिन्तक हरुमा अभार ब्याक्त समेत गर्नु भएको छ।
नेपाल सरकार को निर्णय मार्फत मलाई राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षको जिम्मेवारी प्रदान गर्नुभएकोमा नेपाल सरकार तथा यसका निमित्त सरकार समक्ष सिफारिस पेस गर्नुहुने माननिय युवा तथा खेलकुद मन्त्रि ज्यु प्रति विशेष आभार व्यक्त गर्न चाहन्छु ।खेलकुद मन्त्रालय परिवार प्रति सादुभाव पेस गर्दछु ।
मलाई पार्टि को खेलकुद क्षेत्र को नेत्रुत्व गर्ने स्थानमा पुर्याउने मेरो पार्टि र पार्टि नेत्रुत्व प्रति वफादार रहिरहने प्रण गर्दछु। वहाँ
खास गरी खेलकुद क्षेत्रका मेरा आदरणीय अग्रज हरु जसले मलाई उच्च मनोवल सहित सधै यसल्ट ग्रुप को नेत्रुत्व गरिरहोस भन्ने चाहनु हुन्छ उहाहरु पर्ति विजयको समाचार सुनाउने आतुरता म मा सधै रहिरहनेनै छ।
समग्र खेलकुद क्षेत्रमा आवस्यक आमुल परिवर्तन हाम्रै पालामा सम्भव छ भनेर मलाई घचघचाई रहने मेरो समेत जिम्मेवारी रहेको खेलकुद महासॅघ परिवारको कुशल प्रतिनिधित्व गर्नेछु भन्न चाहन्छु।
मलाई फोन,यस यम यस, पोष्ट लगायत हरेक श्रोत तथा माध्यम मार्फत सुभकामना दिनुहुने हजुर हरु सवै को शुभकामना लाई खेलकुद क्षेत्रको सुधारका निमित्त उच्च मनोवल वनाउने मन्त्र को रुपमा लिदै हार्दिक धन्यवाद पेश गर्दछु ।
समग्र खेलकुद परिषद परिवार र राष्ट्र भरिका खेलकुद कर्मि हरु सधै मेरा लागि पाठशाला रहिरहनु हुनेछ ।

भर्खरै प्रकाशित

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा विरेन्द्र माविको ७० हजार बढी सहयोग

प्रतिज्ञा बुढामगर रोल्पा, २६ साउन रोल्पामा एक विद्यालयले गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा  ७० हजार बढी सहयोग गरेको छ। त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गाङमा रहको…

नेपाली खेलकुदको बिकास,राखेप लाई खेलाडी मैत्री र मर्यादित बनाउन बफादार…

श्रावण १५,काठमाडौ ।राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोईराला “ज्वाला” र सदस्य सचिव रमेश कुमार सिलवाल ले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ।खेलकुद मन्त्री…

तीज गीतमा अझै मौलिकता हराएको छैन ।

अमर पन्थ श्रावण १३,बुटवल । हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै थरि गीत संगीत आइरहेको बेला भर्खरै मात्रै चर्चित गायक गायीकाको स्वरमा तीज गीत “माइतिको…

रोल्पाको माडी गाउँपालिकाद्वारा पत्रकार सम्मेलन सम्पन्न ।

बुद्धिमान वली साउन ४,रोल्पा । रोल्पाको माडी गाउँपालिकाद्वारा गाउँपालिका भएको बिभिन्न बिषयमा प्रष्ट पार्दै पत्रकार सम्मेलन सम्पन्न गरेको छ । कोभिड १९ बिशेष कृषि कार्यक्रम…

गंगादेव गाउपालिकाको बजेट ३५ करोड ८३ लाख ९सय चालीस

असार ११,रोल्पा । गंगादेव गाउपालिका रोल्पाको आठौं गाउँ सभाको उदघाटन एवम् बजेट ,निति सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा…