जोखिम सडकले जनताको निद्रा हराम, ठेकेदारलाई भने आराम

Truck Ghorahi Dang

दाङ । जिल्लाकै मुख्य सडक खण्ड लमही–तुलसीपुर सडकखण्ड दुर्घटनाका हिसाबले जोखिम पूर्ण देखिन्छ । लमहीदेखि तुलसीपुरसम्मको ४९ किलो मिटरको सडकखण्डमा बनेका खाल्टा खुल्टीले सावारी दुर्घटना बढाइरहेको छ ।

त्यसैगरि चारलेनको काम पनि अल्पत्र परेको छ । सम्बन्धित निकायको पनि जिर्ण हुँदै गएको सडक प्रति कुनै चासो रहेको देखिदैन।

स्थानिय सरकारले चार लेन बनाउने ठेकेदारलाई न त पेल्न नै सकेको छ । न आफु नै अग्रसर भई सडकको कामलाई अगाडि बढाउन सकेको छ । जस स्वरुप जोखिम सडकका कारण जनताले सास्ती खेप्नु सम्म खेपेका छन तर चार लेन बनाउने ठेकेदार भने आराम गरेर बसेका छन।

लमही–तुलसीपुर सडकखण्ड अन्तर्गतको घोराहीदेखि तुलसीपुरसम्मको सडकको अवस्था झनै निकै जिर्ण छ । जिल्लाका दुई ठूला स्थानीय तह घोराही र तुलसीपुर उपमहानगरलाई जोड्ने उत्त सडकखण्डका ठाउँ ठाउँमा साना–ठूला खाल्टा खुल्टी बनेका छन् । मर्मत सम्भारमा ढिलाई कारण सडकका बनेका खाल्टी खुल्टीहरु समयमै पुरिएका छैनन् । यसले सवारी दुर्घटनाको जोखिम निम्त्याइरहेको छ ।

दुर्घटनाको कारण सडक

सवारी दुर्घटनाको कारण मध्ये चालकको लापरवाही पहिलो हो भने सडकको अवस्था दोस्रो । जिल्लामा अहिलेसम्म भएका सडक दुर्घटनका प्रकृति हेर्दाचालकमात्रै दोषी छैनन्, साघुरा र जिर्ण बनेका सडक पनि उतिकै दोषी छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुखका थम्मन जिसीका अनुसार सवारी दुर्घटनाको कारण मध्ये एक सडकको अवस्था पनि रहेको उहाँ बताउनुहुन्छ । ‘साघुरा र जिर्ण सडक दुर्घटनाको कारक हुन्’ – उहाँले भन्नुभयो– ‘समयमै मर्मत नहुँदा बनेका खल्डा खुल्डीले दुर्घटनाको जोखिम बढाएको छ ।’

चारलेन सडक विस्तारका लागि निर्माणधीन अवस्थाका रहेको उत्त सडकखण्ड जिर्ण बनेका कारण यात्रा गर्ने नागरिकहरुले सास्ती भोग्नु परेको छ । जिर्ण बनेका सडकमा कतै खाल्डा खुल्डी छन् भने कतै धुल्याम्य छन् । २०७५ साल पुसमा चारलेन विस्तारका लागि सम्झौता भएको यो सडकखण्ड अहिले निर्माणधीन अवस्थामा रोकिएको छ ।

मुख्य सडकखण्ड नै निर्माणधिन अवस्थामा रोकिदा सडकमा यात्रा गर्न नागरिकका लागि निकै दुखदायी बनेको छ भने सवारी र्दुघटनाका हिसाबले पनि जोखिम बढेको छ । राजमार्ग अनलाइनबाट