मुगुमा भीषण आगलागी

Mugu Fire आगलागी | मुगु

मुगु । जिल्लाको सदरमुकाम गमगढीमा मंगलबार विहानबाट भीषण आगलागी भएको छ ।

स्थानीय सुकमाया शाहीले दिएको जानकारीअनुसार मंगलबार विहानबाट सुरु भएको आगलागीका कारण कम्तिमा पनि २० घर पूर्णरुपमा जलेका छन् ।

आगलागीको कारण र यसका कारण भएको क्षतिको विवरण आइसकेको छैन ।

स्थानीय तथा सुरक्षा संयन्त्रले आगो निभाउन प्रयास सुरु गरेका छन् ।