विप्लव नेतृत्वको आज नेपाल बन्द, यात्रुलाई सास्ती

Nepal Banda नेपाल बन्द | विप्लव

राेल्पा । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज नेपाल बन्दको घोषणा गरेको छ । जसले आज विहानै देखि सवारी सधान चल्न सकेका छैन भने यात्रुले सास्ती पाएका छन् ।

लामो तथा छोटो दुरीका सवारी सधान चल्न सकेका छैनन। विहान खुल्ने कलेज, क्याम्पसहरु समेत खुलेका छैनन् भने पसल पनि बन्द नै रहेका छन् ।

राेल्पामा पनि बन्दको प्रभाव परेको छ । बन्दको पूर्व सन्ध्यामा हिजो साँझ विप्लव नेतृत्वको नेकपाका कार्यक्रताले मसाल जुलुस पनि निलेका थिए ।