सिसहनिया उद्योग बाणिज्य संघको पहिलो बैठक सम्पन्न

ubasang

सिसहनिया । सिसहनिया उद्योग बाणिज्य संघको तेस्रो अधिबेसनबाट निर्वाचित पदाधिकारीहरुको पहिलो बैठक सम्पन्न भएको छ । नव निर्वाचित अध्यक्ष पुर्ण बहादुर बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले चार विषयमा सर्बसम्मत निर्णय गरि कार्यान्वयका लागि प्रक्रिया अघि बढाएको छ ।

उद्योग बाणिज्य संघको बैठकले ६ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ जसमा ईश्वरी प्रसाद अधिकारी, ठाकुर सुबेदि, प्रकाश विष्ट, भरत पाण्डे, तिर्थराज ज्ञवाली, र रमेश गौतम रहनुभएको छ साथै नवनिर्वाचित समितिले ब्यवसायी गोविन्द कुवर क्षेत्रि र मनिराम बेलबासेलाई सदस्यमा मनोनित गरेको छ ।

तेस्रो अधिबेसनबाट निर्वाचित पदाधिकारीहरुको पहिलो बैठकले ब्यवसाय नविकरण तथा जरिवानाका विषयमा ब्यवसायी तथा उद्योगीहरुको हक हितका लागि गाउँपालिका तथा कर कार्यालयमा प्रस्ताव लैजाने निर्णय गरेको छ । बैठकमा संघको आय ब्ययलाई चुस्त दुरुस्तराख्नका लागि बैक खाता परिबर्तन तथा परिमार्जन गर्दै लैजाने निर्णय गरिएको छ ।

बाणिज्य उपाध्यक्ष भागवत ज्ञवाली (भानु)को स्वागत मन्तब्य र महासचिव प्रकाश आचार्य र सचिव मदन पोख्रेलले बैठकको सहजकिरण गर्नुभएको थियो । गत शनिवार देखी सुरु भएको सिसहनिया उद्योग बाणिज्य संघको सातौ सधारण सभा तथा तेस्रो अधिबेसनले आईतवार लामो सर्बसम्मतको प्रयास पछि अध्यक्ष पुर्ण बहादुर बुढाथोकी लाई सिसहनिया उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित गरिएको थियो ।

सातौ सधारण सभा तथा तेस्रो अधिबेसनले बाणिज्य उपाध्यक्षमा भागवत ज्ञवाली (भानु) र उद्योग उपाध्यक्ष युवराज सेनल, महासचिवमा प्रकाश आचार्य, सचिवमा मदन पोख्रेल, कोषाध्यक्षमा भिम बहादुर चौधरी र सदस्यहरुमा गीर बहादुर ज्ञवाली, निमराज चौधरी, जिवन अधिकारी, बसन्ता डिसी, राम बहादुर चौधरी र प्रसान्त बसेललाई सर्बसम्मत रुपमा निर्वाचित गरेको थियो ।