सेयर बजार ६९ अंक बढ्यो, ८ कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि

Share सेयर बजार

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ६९.२२ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २७८४ अंकमा पुगेको छ । कुल ५ अर्ब ५२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा बढी हो । सोमबार ४ अर्ब ७३ करोडको कारोबार भएको थियो ।

मंगलबार १७१ कम्पनीको मूल्य बढेको छ भने १५ कम्पनीको मूल्य घटेको छ । सबै उपसमूहमा हरियाली छाएको छ । बैंकिङ ३४, विकास बैंक १११, फाइनान्स ८२, होटल तथा पर्यटन ७०, जलविद्युत १६४, जीवन बीमा २७०, उत्पादन १२८, माइक्रोफाइनान्स ८९, निर्जीवन बीमा १८८, अन्य १११ र ब्यापार उपसमूह ६३ अंकले बढे ।

८ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेपाल बंगलादेश बैंक, नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, पन्चकन्या माइ हाइड्रो, माथिल्लो तामाकोसी र मैलुङखोला जलविद्युतको मूल्य १० प्रतिशतले बढेको हो । त्यस्तै मानुसी लघुवित्त र तेह्रथुम पावरको मूल्य ९.९ प्रतिशतले बढेको छ ।