नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकाे प्रथम गंगादेव गाउँपालिका सम्मेलन सम्पन्न

FB IMG 1637065296161

राेल्पा । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकाे प्रथम गंगादेव गाउँपालिका सम्मेलन सानडाडा रोल्पामा सम्पन्न भएको छ ।
FB IMG 1637065298420
जेष्ठ महिला सदस्य धनमाली खड्काको अध्यक्षता र माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य वीर बहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माओवादी केन्द्र रोल्पा जिल्ला सदस्य एवम् गाउँ कमिटी सयोजक प्रेम बहादुर वली, माओवादी केन्द्र रोल्पा जिल्ला सदस्य एवम् गंगादेव स्थानीय सरकार उप-प्रमुख रिता घर्ती, माओवादी केन्द्र रोल्पा जिल्ला सदस्य एवम् गंगादेव न्यायीक समिति सदस्य कुशल सिंह बिक, माओवादी केन्द्र गाउँ कमिटी सदस्य एवम् २ नम्बर वडा अध्यक्ष भुपाल दमाई, माओवादी केन्द्र गाउँ कमिटी सदहरु एवम् गाउँ कार्यपालिका सदस्यहरु लक्ष्मी बुढा, निर्मला खड्का, चमेली घर्ती, टीका बिक लगायत ७ वटै वडाका महिला प्रतिनिधिहरुको उपस्थितिमा भएको सम्मेलनले कमला वलीको अध्यक्षतामा १६ जना पछि मनोनीत गर्ने गरि ६५ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा साधना वली, नन्दी डागी ,बिमला घर्ती ,सचीवमालक्ष्मी बुढा र कोषाध्यक्षमावविता राना रहनु भएको छ ।