एकहप्ताभित्र फोरलेन सडकको कामले गतिलिन्छ – प्रजिअ रेग्मी

Cdo Dang

दाङ । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले तुलसीपुर–घोराही फोरलेन सडक निर्माणको कामले एकहप्ताभित्र गतिलिने बताउनु भएको छ । तत्काल सडक निर्माणको कामलाई सुचारु गराउनका लागि ध्यानाकर्षण गराउन गएको तुलसीपुर चेम्बर अफ कमर्सको टोलिसंग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले यस्तो बताउनु भएको हो ।

‘ठेकेदार सम्पर्कमा नआए, खोजेर थुन्ने तयारी गरिरहे बेला तुलसीपुर–घोराही फोरलेन सडक निर्माणको जिम्मा लिएका व्यक्ती सम्पर्कमा आएर एकहप्ताभित्र काम गर्छु भनेर गएका छन । काम हुन्छ तपाईहरु ढुक्क हुनुस्,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नुभयो– ‘उनान्सौ प्वाइन्ट उनान्सौ प्रतिश मान्छेहरु छिट्टो बनाउनुपर्छ भन्नेमा हुनुहुन्छ । त्यसकारणले पनि एसपीसावसंग सल्लाह गरेर काम नगरे हुल्ने तयारीमा थिए ।’

सडक निर्मणका लागि ढुङ्गा, बालुवा, गिट्टीका लागि जस्तोसुकै सहयोग गर्न पनि आफु तयार रहेको बताउँदै प्रमुख जिल्ला अधिकारीको रेग्मीले अब बाहना गर्न नदिने बताउनुभयो ।
साविकको निर्माण व्यसायीबाट नयाँ व्यसायीमा कामका लागि हस्तान्तरण भएकाले कामले तिब्रगति लिने उहाँले बताउनुभयो । निर्माण व्यवसायीले शनिबारसम्म सरोकारवाला पक्षलाई बोलाएर हालसम्म कामको प्रगति, चुनौति र काम गर्ने प्रतिवद्धता समेत गर्ने उहाँले बताउनुभयो ।

समयमै निर्माण नहुँदा धुलाम्य सडकका कारण ओहरदोहर गर्ने सयौं नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पुग्ने र बाटो कटिङका कारण सवारी आवागमनमा कठिनाई हुनुका साथै दुर्घटनाको जोखिम बढेकाले तत्काल पहल गर्न व्यवसायीले माग गरेका थिए । सो अवसरमा तुलसीपुर चेम्बरका अध्यक्ष टोपबहादुर घर्ती, दाङ चेम्बर अफ कमर्सका अध्यक्ष बलदेव योगी, वरिष्ठ उपाध्यक्ष घनश्याम भण्डारी, लुम्बिनी प्रदेशका सदस्य पदम पोख्रेल (जेठुकान्छु) लगाएतको सहभागिता रहेको थियो । फोरलेन सडक निर्मणको जिम्मेवारी नयाँ प्रतिनिधि दोर्ण दुलालले लिनुभएएको छ ।