मन्त्रीले एक महिलामाथि बलात्कार गरेको आरोप

सुर्खेत । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीबाट महिलामाथि ब ला त्का र भइरहेको भिडियो सार्वजनिक भएको छ। केही दिनअघि पी डि त महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा ब ला त्का र सम्बन्धी जा हे री दिन गएका थिए।

‘आफूमाथि ब ला त्का र भएको भन्दै एक महिला र उनका पति प्र ह री कार्यालयमा आउनुभएको थियो, भिडियो पनि देखाउनुभएको थियो, प्रहरीका अ नु स न्धा न अधिकारीले भने, ‘उहाँहरूले भनेअनुसार मु द्दा दर्ता गर्ने हदम्याद कटिसकेकाले कानुन व्यवसायीसँग छलफल गरेर आउन सुझाव दिएर पठाएका हौं।’

प्रहरीको सम्पर्कमा पुगेका पी डि त ले उक्त भिडियो २०७६ माघतिरको भएको बताएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


माडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षद्वारा दशै तिहारकाे शुभकामना
माडी गाउँपालिका वडा नं. ५ का वडा सदस्यद्वारा दशै तिहारकाे शुभकामना