भक्तपुरमा गाईजात्रा (फाेटाे फिचर)

काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशभरका नेवार समुदायले गाईजात्रा पर्व मनाएका छन् ।

पछिल्लो एक वर्षमा दिवंगत भएका परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने प्रचलन रहेको छ । देशभरका नेवार समुदायमा गाईजात्राको प्रचलन रहे पनि काठमाडौं उपत्यकाको गाईजात्रा विशेष मानिन्छ ।

उपत्यकाको भक्तपुरमा साँस्कृतिक विधिपूर्वक गाईजात्रा पर्व मनाइन्छ । घरघरबाट निकालिएको गाईजात्रा टोल परिक्रमा गरी एकै ठाउँमा समापनि गर्ने गरिन्छ । को रो ना म हा मा री का कारण हिजोआज स्थानीय प्रशासनले सार्वजनिक स्थलमा भेला हुन प्रतिबन्ध लगाएको छ । तर प्रशासनिक नियमले यो साँस्कृतिक पर्वको रौनकलाई कम हुन दिएको छैन ।

तस्वीर  अनलाइन खबरबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?