तेह्रथुम पावर कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

tpc

काठमाडाैं । तेह्रथुम पावर कम्पनी लिमिटेड र नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) बीच साधारण सेयर सूचीकरण गर्ने सम्झौता बिहीवार सम्पन्न भएको छ ।

सम्झौता पत्रमा तेह्रथुम पावर कम्पनीका प्रबन्ध सञ्चालक श्री मोहन कुमार डाँगी र नेपाल स्टक एक्सचेन्जका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालबीच हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार तेह्रथुम पावर कम्पनीले हालै जारी गरेको १२ लाख कित्ता सर्वसाधारण सेयर तथा २८ लाख कित्ता संस्थापक गरी ४० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भइ कारोवार योग्य भएको छ । कम्पनीले सर्वसाधारणको लागी २०७८ भदौ ९ गते देखी १३ गते सम्म सर्वसाधारणको लागी सेयर जारी गरेको थियो ।

उक्त कम्पनीको सेयर रजिस्ट्रारको रुपमा कम्पनीले नेपाल बंगलादेश क्यापिटल रहेको छ ।

नेपाल बंगलादेश क्यापिटलले तेह्रथुम पावर कम्पनीको शेयरहरू धितोपत्र बजार मार्फत खरिद विक्री, विनिमय, दाखिल खारेज नामसारी रोक्का फुकुवा लगायत सेयर रजिष्ट्रेसन सम्वन्धी सम्पूर्ण सेवा प्रदान गर्ने छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त नेपाल बंगलादेश क्यापिटलले सेयर रजिष्ट्रार लगायत सेयर प्रत्याभूति, संस्थागत परामर्श सेवा, लगानी व्यवस्थापन, निष्कासन तथा विक्री प्रबन्धक तथा डिम्याट सम्वन्धी सम्पूर्ण सेवा दिने गरेको छ ।

कम्पनीको चुक्ता पूँजी २० करोड रहेको छ भने यो नेपाल बंगलादेश बैंकको लगानीमा स्थापित भएको संस्था हो ।