दाङकाे पत्रे खोलामा अबको १५ दिनमा पुलमाथीबाट गाडी गुड्ने कुरुवाङको भनाई

Patre Khola Dang

दाङ । दाङको पत्रेखोला पुलमाथीबाट अबको १५ दिनमा गाडी गुड्ने दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनु भएको छ ।

आज समाजिक संजालमा फेसवुकमा स्ट्याटस लेख्दै प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले अबको १५ दिनमा उक्त पुल माथीबाट गाडी गुड्ने बताउनु भएको हो ।

लामो मनसुन र बेमौसमी वर्षाका कारणले ढिलो भएकोमा अबको १५ दिनमा पुलमाथी गाडी गुड्ने उहाँले बताउनुभयो ।

घोराही तुलसीपुर सडक खण्डामा पर्ने पत्रेखोलाको पुल समयमै निर्माण नहुँदा उक्त बाटो भएर हिड्ने यात्रुहरुले वर्षेनी सास्ती भोग्नु परेको छ । समयमै पुल निर्माण नहुँदा चौतर्फि आलोचनासमेत हुँदै आएको छ ।