दाङका दुई युवाले व्यक्तिगत लगानीमा गरे मोटरबाटो मर्मत

Babai Gaupalika Dang Bato

दाङ । दाङको बबईका दुई युवाले व्यक्तिगत लगानीमा मोटरबाटो मर्मत गरेका छन् । बबईका युवा नेता समेत रहेका कुल वहादुर खड्का र भिम वहादुर खत्रीले बर्षा मौसमका कारण विग्रेको बबई गाउँपालिका वडा नं. ५ बगरपुरको माथिल्लो गाउँदेखि ढुङगकाटे जेसिबी प्रयोग गरी मर्मत गरेका हुन् ।

बर्षा मौसम सकिएको लामो समय भएपनि वडा तथा गाउँपालिकाले मोटरबाटो मर्मतमा चासो नदेखाएपछि ति युवाले व्यक्तिगत लगानीमा मोटरबाटो मर्मत गरेका हुन् । बगरपुरको माथिल्लो गाउँदेखि ढुङगकाटे मोटरबाटो विग्रदा स्थानीयले समस्या भोग्नु परेकाले सामाजिक सेवा गरेको ति युवाले बताएका छन् ।

मोटरबाटो मर्मत भएपछि स्थानीय हर्षित भएका छन् ।