घरको याद

  • पुजा राना मगर

कथा लेख्न सिकेको छु हजुर हरुलाई जस्तो लाग्छ तेस्तै प्रतिक्रिया पाउने आशा गर्ने छु रिसाउछ कि भनी नराम्रो लाग्दा लाग्दै पनि वाह नभनी दिनु होला कथा काल्पनिक हो कसैको जिन्दगीमा मेल खान गएमा क्षेमा चाहान्छु

भाग -१

बर्षाको समय हो बाहिर एक्दम जोड ले पानी परि रहेको थियो समय बिहान को लकभक दस बजेको थियो घर वरिपरि हिलै हिलो ले गर्दा निक्लिने ठाँउ सम्म थिएन दिक्क लागि रहेको थियो कोठामा बसेर कति मोबाइल चलाउनु कोरोनाको कारण पढाई पनि बन्द थियो बाहिर जाने वातावरण थिएन यता घर बाट बाबा आमाले बाहिर नजानु रोग लाग्न सक्छ कोठामै बसि राख्नु भनि राख्नु हुन्थ्यो रेडियो टेलिभिजनमा कतै कोरोना ले मान्छे मर्यो भन्थ्यो त कतै बाढी पहिरो ले मनमा उराठ लागि रहेको थियो अब म पनि मर्छु होला बिराटनगर नेपाल को दोश्रो ठुलो सहर पहिले गाडी मोटर साईकल अन्य सवारी साधनले गर्दा बाटो काट्न सम्म सक्दिन थे अचेल सुनसान नियालेर बाहिर हेर्दा चोक चोक मा प्रहरी हरु अन्य सुरक्षा कर्मी हरु मात्र देख्न सकिन्थ्यो प्राय कोठा बन्द गरेर बस्थे बाहिर पानी परिरहेकै थियो रोकेको थिएन बाहिर परिवेश हेर्न मन लाग्यो अल्छी मान्दै ढोका खोले अचानक मेरो आँखा कसैको अनुहार मा पर्छ उमेर लगभग अठाई बर्ष गहु गोरो अनुहार लामो कपाल तर नकोरेको रातो कुर्था सलवार अनि सिउदोमा सिंदुर पोते बर्षात को पानी झै आँखा बाट आँसु खसाई रहेको थियो अचम्म परे अल्छी गरेर उठेको म मेरो मन नै अर्कै भो गएर सोधे…

म: के भयो दिदी ?

उनी : बाट जवाफ आयो केही भको छैन बुनु तेसै खै आँखामा के पस्यो कुन्नी आँसु आई रहेको छ

म : दिदी मनमा दु:ख पिडा भयो भने तेस्तै हो दिदी आँखा मा खासै केही पस्यो जस्तो देख्दिन त

म साची दिदि काहा बस्नु हुन्छ नि हजुर ? प्रश्न गरे बोल्न सारै हिच्किचाएन खुसी लाग्यो

उनी : लामो सास फेर्दै भन्नू भयो म यहि कोठा मा हिजो मात्रै कोठा सरेर आको श्रीमान एम्बुलेन्स चलाउनु हुन्छ घर चाहिँ धनकुटा हो माईती घर खोटाङ हो बिहे गरेको धेरै बर्ष भयो तिमी भन्छु है नरिसाउ घर काहा हो तिम्रो चाहिँ बोल्ने मान्छे नि छैन मन बिरक्तिएर आउँछ

म : हुन्छ किन रिसाउनु नि मेरो पनि घर खोटाङ नै हो म पनि यहि कोठा मा बस्छु

उनी : फेरि आँखा बाटो आँसु खसाल्न थाल्छ

म: के भयो दि फेरि केही समस्या छ भने भन्नुस न सके भने सहयोग गर्छु मान्छे को मन नै हो कति छिटो पग्लिन्छ थाहै हुदैन मैले भने

उनी : बुनु कथा लामो छ सुन्छौ र ? तिमी लाई दिक्क लाग्न सक्छ होला

म : दिक्क हुन्न दिदि समय कटाउन सजिलो हुन्छ बरु पानी पनि रोकिने छाटकाट नै छैन आउनुस न भित्रै यहि कुर्सीमा बस्नुस

उनी : बुनु गाउँमा कति रमाईलो होला है म त माइती घर जानू नपाएको पनि कति भयो अब त झन तिज आउन लागि सक्यो सबै जना बाबा आमा ले बोलाएको छ भन्दै जान्छ मेरो भने धेरै बर्षा भै सक्यो अहिले सम्म जान पाएको छैन साएत म अभागी को कर्मा मा माइती लेखेको छैन होला नि फेरि रुन्छिन

म : हे दिदी हजुर कति रुनु हुन्छ हौ म पनि आँखा मा आँसु पुछ्दै भन्छु

उनी : बुनु मेरो अन्तर जातिय बिवाहा भएको होनि हामी सामान्य परिवार को मान्छे घरमा बाबा आमा र एउटा भाइ थियो बाबा रामु र आमाको नाम सानू र भाईको नाम अरुन थियो मेरो नाम जानू घरमा दु:ख नै थियो बाबा ले मलाई सधैं नाम ले बोलाउनु हुन्थ्यो किन कि मेरो बाबा लाई मेरो नाम प्यारो लाग्छ भन्नू हुन्थ्यो ?

जानू : आमा लाई एक दिन बाबा नभाको बेला सोधे आमा बाबा लाई मेरो नाम किन प्यारो लगेको ?

आमा : हल्का रिसमा मुस्कान मिसाउदै भन्नू भयो तिम्रो बाबाको पहिलो प्रेमिका को नाम रे तेइ कोई कोई बेला तिमिलाई बोलाउदा पनि झस्कनु हुन्छ आमा नानी छिटो पानी भर न भोलि त तिम्रो बाबा नि बिदेश जानू हुन्छ गएर सामान मिलाई दिनु पर्ने क्या

जानू : आमा बाबा लाई बिदेश नपठाए हुन्न र ?

आमा : हुनु त हुन्थ्यो नि के गर्नु तिमी हरु लाई पढाउनु पर्छ हामी ले पढ्न पाईनौ तिमी हरु पनि हामिले जस्तो डोरो हसिया बोकि जिन्दगी बिताउन नपरोस भन्ने चाहाना भएर हो यति बोलेर आमा खुरु खुरु घर हिड्नु हुन्छ
घरमा पुगेर पानी बिसाउदै आमा नानी म बाबाको लुगा हरु मिलाई दिन्छु तिमी खाना बनाउ है

जानू :हुन्छ आमा

भाइ अरुन : दिदी पल्लो घरको छिमेकी दाइ छ नि लाहुर बाट आउनु भा रैछ दिदी दाइ ले भन्नू भको टिभी कि के हो ल्याउनु भाछ रे तेहा मान्छेहरू नाचेको हेर्न पाईन्छ रे भरै बाबा आमा लाई भनेर जानू पर्छ ल राती खाना खाई सके पछि

अरुन : बाबा हामी पल्लो घरमा नाचेको हेर्न जान्छौ नि है हजुर हरु पनि हेर्न जाउन

बाबा : बाबा भोलि बिहानै उठेर बाबू लाई किताब नाना अनि चकलेट अनि पापा किन्नु जानू छ है घरमा आमा अनि दिदी लाई नसताउनु राम्रो संग पढ्नु है छोरा ठुलो मान्छे बन्नु पर्छ धेरै पढेर है

जानू : हामी दाइ को मा टिभी हेर्न गयौ भाइ र म मनमा धेरै कोउतुहल जागेको थियो फिमिम को नाम खासै आद आएन तर परदेशमा राम्रो काम नपाए धेरै कुट्ने अनि कसैलाई मारी दिने रैछ घरमा सानो सानो छोरा छोरी अनि कसैको बुढी आमा हुदो रैछ कसैको प्रेमिकाले कुरि रहेको घरमा धेरै दु:ख गरेर परदेशिको पर्खाई मा बसि रहेको हुदो रैछ उता परदेशमा गको हरु खान सम्म पाएको हुदैन रैछ अब हाम्रो बाबा लाई पनि तेस्तै गर्यो भने यहि सोचेर ठुलो स्वर मा नै रुन थाले छु परदेशमा नेपाली लाई कुटेको अनि दु:ख दिदा साचै यस्तो हुन्छ होला बाबा किन जानू लाग्नु भको होला ? मनमा यस्ता थुप्रै कुरा ले ढुक्ढुकी बढी रहेको थियो एउटा मनले सोछे सायत यो यो फिलिम देखेको भए बाबा परदेश जानू हुन्थ्यो होला यस्तै सोचेर घर गए र सुते निन्दा लाग्दै लागेन मनमा डर भए पछि

क्रमशः के जानूले बाबा लाई प्रदेश जान रोक्छ ?
जानुको जीवनमा के भएको थियो ?
जान्न चाहानु हुन्छ भने comment गर्नुहाेस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?