सगरमाथा साहित्यकाे सहकार्यमा १५ मुक्तक

सगरमाथा साहित्यकाे सहकार्यमा माडी खबरमा मुक्तककारहरूका १५ मुक्तक

मुक्तक-१
अचम्मको अचम्म त भूत र वर्तमान सम्झँदा लाग्छ |
भविष्य मा भविष्य कसरी बनाउँने ? चिन्ता लाग्छ |
हजूरले बासमति खानूहुन्छ, खाएपछि बसाउनुहुन्छ
ए हजूर ! मैले खाने चामलको भातमा त ढुङ्गा लाग्छ |
रत्नराज पुन मगर, जाजरकोट

मुक्तक-२
नेपाली हुँ नेपाली झण्डालाई झुकाउँदैन!
मर्नै परे मर्छु बरु नेपाली नाम चुकाउँदैन!!
देशको लागी लडने छु वीरको एक छोरी हुँ
त्यसैले कहिल्यै ताप र रापले सुकाउँदैन!
सम्फा घर्तीमगर, रोल्पा

मुक्तक-३
देखिदैनन् आफ्नाहरु अक्सर शुन्य शुन्य लाग्छ
अनि लाग्दैन कसैको पनि भर शुन्यशुन्य लाग्छ
तिमि बिनाको एक क्षण मात्रै हो नरमाइलो लाग्ने
मलाई मेरिआमा बिनाको सिंगो घर शुन्यशुन्य लाग्छ
धुर्ब सँज्याल,कालिकोट हाल भरतपुर चितवन

मुक्तक-४
खराब किन रोज्थ्यो त नि राम्रो मान्छे रोज्छ
लान्छ सबैलाई गनिगनी राम्रो मान्छे रोज्छ
राम्रो मान्छेको जताततै माग हुन्छ भन्छन्
यसकारण यो मृत्युले पनि राम्रो मान्छे रोज्छ।
बिरेन्द्र प्रसाद जोशी, बझाङ हाल धनगढी

मुक्तक-५
खुबै प्रेम भए पनि छुट्टीएर बस्छन् ।।
एकअर्काको नबनि छुट्टिएर बस्छन् ।।
अझै कैयौं प्रेमी जातको बिरोध गर्न नसकेर
जात मिल्दैन भनि छुट्टीएर बस्छन् ।।
राम खड्का, घोडाघोडी नगरपालिका ६ बसन्ता कैलाली

मुक्तक-६
केही फरक पर्दैन एक दुई दिन ढिलो दिनु होला
दस किलो नसके बरु पाँच किलो दिनु होला।।
नगरपालिकाको गेटमा लगेर फेरी पोख्न नपरोस्..
जति दिनु हुन्छ कुहेको हैन गतिलो दिनुहोला ।।
तिलक भट्टराई अन्जान, सुनवल १२ भुमही नवलपरासी

मुक्तक-७
थाल,कचौरा किन्दा आटो गुमाएको पत्तै भएन
भोक बिर्साउने त्यो बाटो गुमाएको पत्तै भएन
जूवाको खालमा एकनास मैले च्याँखे थापीरहें
सुर्को जितेर खुसीं भए पाटो गुमाएको पत्तै भएन
प्रदीप प्रखर पोखरेल, रेसुङ्गा न.पा.१४,पराल्मी गुल्मी

मुक्तक-८
मुर्खहरू आफ्नो शैली र बान्की फेर्दैनन्
बाउँठिन्छन् अहँ कसैलाई पनि टेर्दैनन्
यी भुँईतिर उँधिन्ने सुँघुर जस्तै हुन् आखिर!
घोसे मुन्टो लाउँछन् उँभोतिर हेर्दै हेर्दैनन्।
शंकर ज्ञवाली,पोखरा-१५

मुक्तक-९
नगर भन्दा नि मान्दै मान्दैनन् गरिरहन्छन्
नदुखोस पनि कसरी मेरो मन गरिरहन्छन
तिमीलाई भुल्न मनमा कर्फ्यु लाउँ कि सोच्छु
फेरि तिम्रा यादहरुले आन्दोलन गरिरहन्छन्
राजु चौधरी, घोराही-२ कालिमाटी,दाङ

मुक्तक-१०
जिन्दगी एउटा यात्रा हो कहिले वारि कहिले पारी हुनुपर्छ
जुनसुकै ठाऊ जहाँ गएता पनि हामीले सस्कारी हुनुपर्छ
मानिस जन्मिन्छअनि मर्छ यो कसैले पनि रोकेर रोकिदैन
यो धर्तिमा जन्मे पछि मानबले गर्ने जिम्मेवारी हुनुपर्छ
जगत रावल, प.बि.न.पा.पुल्लेतोला ७ अछाम हाल मुम्बई भारत

मुक्तक-११
हरेक रात भिझेको सिरानी पल्टाइरहन्छु
मैले गल्ती गर्दा भएको हानी पल्टाइरहन्छु
मलाई दु:खी बनेर बस्न मन पटक्कै थिएन
कुन बालापन र कुन जवानी पल्टाइरहन्छु
मन्दिरा खड्का, रामेछाप

मुक्तक-१२
हिनेर हिजो साउदी कुवेत बाँझो बनाइयो
थिए जस्तो लाग्छ अचेत बाँझो बनाइयो
उमेर हुदा छोडेर जहान प्रदेशिनुकै कारण
घरको आफ्नै गतिलो खेत बाँझो बनाइयो
जलेको आत्मा हुकुम, सानोभेरी ७ रुकुम पश्चिम

मुक्तक-१३
पहाड को भिरालो बाटो हिड्दा तिम्रो हात चायो भन्याै
मन मिलेर मात्र भएन तिम्रो जात चायो भन्याै
महिले माया मा धन सम्पति कहिल्यै ठुलो मानिन
अन्तिमा त जिन्दगि जिउन तिम्रो औकात चायो भन्याै
निर्मला बडुवाल, सुर्खेत

मुक्तक-१४
सोचे बन्दुक चलाएको रहेछ कि बम चलाएको रहेछ ।
देखाउदै बिरोधि हरुको अगाडि दम चलाएको रहेछ ।।
हतियार चलाएको निहुँ पारी उ माथी गोलि ठोकेछन ।
छानबिन गरे पछि थाहा भयो कलम चलाएको रहेछ ।।
शरद समर्पण, घोराही 8 दाङ

मुक्तक-१५
संस्कार पूरा गर्न अचेल एका छाक खाँदैछौ
ए मूर्ख मान्छे के छ त्यो खरानीमा काँ लाँदैछौ
बुढेस कालमा आमा बा लाई आश्रममा राख्यौ
अहिले तिर्थ धाम गर्न… लाई काशि जाँदैछौ
सुरज निर्दोष, अछाम


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?