आभाष खड्का बेसहाराको गजल

मान्छे भैसकेपछि भन यहाँ कसलाई समस्या पर्दैन ?
देख्न चाहानेहरुको भाग्यमा पनि त आँखा पर्दैन ।।

म आमाको माँया पाइन् भनी यसकारण गुनासो गर्दैन ।
थाहा छ, गरिबलाई पैसा पर्दैन, टुहुरोलाई बाआमा पर्दैन ।

ससुरा ज्यु खान आउनुस,बिरामिको बाहाना नगर्नुस् ।
तिमिहरु खाउ बुहारी म पानी पिउँछु, खाना पर्दैन ।

बाबा उठनुस अस्पताल जाँउ कति दिन ढल्नु हुन्छ ?
भैगो, बुहारी रिसाउँछिन धेरै कर नगर छोरा पर्दैन ।

बाबू तेरो मृतआमाको फोटो ल्याईदे संगै आश्रम लान्छु ।
बरु मलाई लठ्ठी पर्दैन, फेर्नलाई एकजोर कपडा पर्दैन ।

– आभाष खड्का बेसहारा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?