पुजा रानाको गजल

उब्जाउ भने अन्न वारिमा लगाउन मल थिएन
खेतको के कुरा भो एक थोपा पिउने जल थिएन

कृषि प्रधान देश भनेर मात्रै के गर्नु सरकार
जनताको भोकमरी समस्याको सानो हल थिएन

तपाई नसोध्नुस न महासय जिन्दगी कस्तो थियो ?
कुनै दिनमा पनि हासो खुसीको एक पल थिएन

दु:ख पिर चिन्ताले भित्र मन जलेर खरानी हुदा
निभाउन सक्ने कुनै सहरमा दमकल थिएन

आमा भाडोमा पानी थापेर घन्टौं आगो फुकिरहिन
थाहा थियो खाना पकाउन घरमा चामल थिएन

पुजा राना, खाेटाङ


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?