राष्ट्रिय वन समितिद्वारा नेपाल राष्ट्रिय मा.वि फगामलाई विद्युतीय हाजिरी मेसिन सहयोग

249249510 422600705936542 3473388713093058271 n

राेल्पा । फगाममा रहेको राष्ट्रिय वन समितिले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फगामलाई विद्युतिय हाजिरी मेसिन सौजन्य स्वरुप सहयोग गरेको छ ।  250307228 463209668495737 8990353087333748909 n

सुनछहरी गाउँपालिका वडा नं. ६ मा रहेको राष्ट्रिय वन समितिका अध्यक्ष तथा युव समाजसेवी खुम बहादुर रोका क्षेत्रीले विद्यालयका प्रधानाध्यापक धन बहादुर पुन मगरलाई शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरि २४ हजार मुल्य बराबरको डिजिकम कम्पनीको हाजिरी मेसिन हस्तान्तरण गर्नु भएको हो । रोका सोही विद्यालयको विद्यालय ब्यवस्थापन समितिका सदस्य समेत हुनुहुन्छ ।    249486999 1050135112486260 4125551109290073012 n

रोका क्षेत्रीले शिक्षामा गुणस्तर वृद्धि गर्न बदलिँदो समय अनुसार प्रविधिमैत्री बनाउन विद्युतिय हाजिरी मेसिनको सौजन्य गरेको बताउनु भयो ।

विधुतिय हाजिरीले विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई निर्धारित समयको पुर्ण रूपमा पालना गर्ने, नियमित उपस्थिति बनाउने र पेशाप्रती थप बफादार बन्न सहयोग पुग्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिमलाल पुनले बताउनुभयो ।    249843557 953596608838566 757195339544635878 n

साथै सहयोगको लागी विद्यालय परिवारले बन समितिलाई आभार व्यक्त गरेको छ । यस अगाडि विद्यालयमा सिसि टिभी जडान र कम्प्युटर ल्यापको समेत सुबिधा भएको भएको शिक्षक देउमन रोका क्षेत्रीले जानकारी दिनुभएको छ ।