दाङको गोरक्ष रत्ननाथ मन्दिरः जहाँ घुम्न मात्र होइन, इतिहास पनि बुझ्न पाइन्छ (फोटो फिचर)

  • टोपेन्द्र रोका मगर

दाङ । दाङको गोरक्ष रत्ननाथ मन्दिर जसको नाम सुन्ने जो कोहिले यसको विशेषता र इतिहास कमैले बुझेको हुन सक्छ । घोराही बजारदेखि करिब २ किलोमिटर पूर्वमा रहेको यो मन्दिरमा दर्शन गर्न, घुम्न दैनिक सयौको संख्यामा जाने गरेका छन् । दाङको पर्यटकीय क्षेत्र मध्ये गोरक्ष रन्तनाथ मन्दिरको विशेष विशेषता छ । जो कमैलाई मात्र थाहा हुन सक्छ ।

गोरक्ष रत्ननाथ मन्दिरको इतिहास लामो छ । विस ८०९ सालमा स्थापना भएको यो मन्दिर नेपालकै प्राचिन, ऐतिहासिक पुरातात्विक महत्व छ । यस मन्दिरको साँस्कृतिक धार्मिक योगिक धरोहरले हाम्रो वैदिक सनातन धर्मलाई संरक्षण गर्दै आएको छ । योगी सिद्धरत्ननाथ ज्यूले स्थापना गरेको शिव गोरक्षनाथले स्थापना गरेको शिव गोरक्षनाथ, ८४ सिद्ध, ६४ योगिनी र बाला सुन्दरीको हठ योगले युक्त तान्त्रिक पूजा परम्परा आजका दिनसम्म जीवन्त शाश्वत् तथा निरन्तर रही आएको छ । विशेष गरेर यस मठमा फागुन कृष्ण विजया एकादशीका दिनमा पीर स्थापनाको मेला लाग्दछ ।

गोरक्ष रत्ननाथमा मन्दिर मात्र होइन, जहाँ अनौठो इनार र रुख पनि छ

सामान्यतया बाहिबाट हेर्दा गोरक्ष रन्तनाथ मन्दिरमा सुन्दर देखिने मन्दिरहरुले ध्यान आकृष्ट गर्छ । सबैको ध्यान त्यतै पुग्छ र दर्शनले मन शान्त हुन्छ । हो पनि मन्दिर परिसरमा पुग्दा ति सुन्दर मन्दिरको दर्शन गर्न नपाउँदै मनमा शान्तिको महसुश हुन्छ ।

तर त्यस मन्दिर परिसरमा यस्तो रुख र कुवा छ जस्को बारेमा कमैले बुझेको हुनसक्छ । उक्त रुख र कुवा कतिसय वर्ष पुरानो हो भन्ने यकिन जानकारी कसैसँग छैन । मन्दिर स्थापना गर्दा नै उक्त रुख र कुवा थियो रे । अझै पनि उक्त कुवा र रुख रहेको छ । जुन रुख सुकेको पनि छैन र न कुवामा पानी आउन छोडेको छ । मन्दिर स्थापना भएकै १३ वर्ष भइसकेको छ । विस ८०९ सालमा स्थापना भएको मन्दिर जुन १३ सय वर्ष भइसकेको छ । कुनै रुख १३ सय वर्ष रहन सक्छ? प्रश्न छ ।

अहिले पनि उक्त कुवाको पानीले पूजाआजा गर्ने गरिन्छ । पहिले उक्त कुवाको पानीनै पुउनका लागि प्रयोग गरिने मन्दिर ब्यवस्थापकले जनाउछन् । त्यस्तै उक्त रुख गौलची फुलको हो । उक्त रुखको फुलको मन्दिरमा दर्शन गर्दा चढाउने गरिन्छ ।

पुस्ताकालय र चित्रकालय पनि छ

गोरक्ष रत्ननाथ मन्दिरमा पुस्ताकलय र चित्रकालय पनि रहेको छ। जहाँ प्रभातनाथ योगीले बनाएको चित्रहरु रहेका छन् । विसं २०३३ सालमा स्थापना भएको नेपालकै पुरानो गोरक्षनाथ पुस्तकालय पनि छ । जहाँ गोरक्ष रन्तनाथको बारेमा जानकारी लिन सकिन्छ ।

यस्तो छ प्रभातनाथले बनाएका चित्रहरु

संस्कृत भाषाको पढाई

गोरक्ष रत्ननाथ मन्दिरमा अहिले संस्कृत भाषाको पठनपाठन समेत हुन थालेको । गोरखनाथ बैदिक गुरुकुल विद्यालय २०७६ साल वैशाख २४ गतेका दिन नेपाल महशी बैदिक फाण्डेशन र गोरक्ष रत्ननाथ मन्दिरको सहयोगमा स्थापना भएको पढाई सुरु भएको हो । मन्दिरभित्रको विद्यालयमा अहिले १८ जना विद्यार्थीहरुले संस्कृत र बैद्यानिक गरि दुबै विषयमा पढाइ गरिहेको विद्यालय व्यवस्थापन समिति जनाएको छ ।

१८ जना विद्यार्थीहरुले निशुल्क रुपमा उक्त शिक्षा लिदै आएका छन् । गरुकुल शिक्षा लिनेहरु एक जना छिमेकी देश भारतसँगै प्युठानका १ जना, २ जना अनाथ बालबालिका र अन्य गरी १८ जना रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


माडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षद्वारा दशै तिहारकाे शुभकामना
माडी गाउँपालिका वडा नं. ५ का वडा सदस्यद्वारा दशै तिहारकाे शुभकामना