विराटनगरमा सवारी दुर्घटना : एकको मृत्यु, ६ जना घाइते

accident 1536x864 1 विराटनगर | सवारी दुर्घटना

विराटनगर । विराटनगरको कञ्चनबारीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

तीनवटा सवारीसाधन आपसमा जुध्दा एक जनाको मृत्यु र ६ जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा विराटनगर महानगरपालिका-२ का ६० वर्षीय रमेशकुमार पाण्डे छ्न्।

घाइतेमध्ये ३ जनालाई नोबेल अस्पतालमा र अन्य ३ जनालाई कोशी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रदेश २–०३–००१ ख १७७२ नम्बरको ट्रक, प्रदेश ३–००१–०२३–च २८५१ नम्बरको कार र बा २ झ ३२६५ नम्बरको सरकारी गाडी आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।