शिक्षकको चिन्ता विद्यार्थी माथि, इन्टरनेटको दुनियामा इन्टरनेट नै घाती

नेपाल एक भू–परिवेष्टित राष्ट्र हो । नेपाल हिमाल, तराई, पहाड, उपत्यका बनजङ्गल, नदिनाला, ताल तलैया, झरणा आदिले भरिपूर्ण राष्ट्र हो । यस्तो भौगोलीक बिकटतालाई छिचोल्दै आधुनिक प्रविधिले छलाङ मार्दै आएको छ आज एक भोली अनेक हुदै हिजो र आजमा धेरै फरक छ ।

यसरी विकासले छलाङ मार्दै जानु देश र जनताका लागी फाइदा जनक नै छ र सुचना सञ्चारले पनि धेरै फड्को मार्दै छ , हात हातमा फाइल बोक्ने कार्यलय धाइराख्नु पर्ने अवस्था कम हुदै इमेल इन्टरनेटको प्रयोग बढ्दै गइरहेको छ । कोरोना जस्तो विषम परिस्थिमा पनी विद्यार्थीहरुले घर घरमै पढ्ने व्यवस्था पनी आयको छ यो सबै इन्टरनेटको प्रयोग बढ्दै गइरहेकोले कारण भएको हो ।

इन्टरनेटको प्रयोग त बढ्दै गइरहेको छ तर कुनमा भइरहेको छ ? के मा भइरहेको छ ? कसरी भइरहेको छ ? कुन कामका लागी भइरहेको छ ? इन्टरनेटको सदुपयोग मात्र नभएर दरुपयोग पनी भइरहेको छ कि ? हामी सबैले मनन् गरौ र फर्केर हेरौ त कुनै सरकारी कार्यलयमा १०–५ समयमा टिकटक बन्दै छ कि ? टिकटक बनाउदा बनाउदै कार्यलय जान ढिलाइ भएको छ कि ? सेवा ग्राहिले सेवा पाएनन् कि ? कुनैको यात्रा ढिलो भयो कि ? खेती बारीको काम काज मा ढिलाइ र अवरोध भयो कि ? गाई बाख्रा बनजङगल लादा हरायो वा बारीमा पसेर वाली खाइदियो कि ? सामाचार बन्नुको सट्टा टिकटक बन्दैछन कि ? कुनै बिरामी छटपटाइ रहेको छ कि ? यस्ता यावत कुरामा हामिले फर्केर हेर्न जरुरत छ ।

आजको आधुनिक युगमा मोबाइल, ल्यापटप, कम्प्युटर हरुमा बिभिन्न एपहरुको बिकास भएको छ ति मध्य एक हो अनलाइन खेल यस्ता खेलहरुमा २०–२५ वर्ष उमेर समुह भन्दा कमका बालबालीकाहरुले खेल्ने गरेको देखिन्छ । आजभोली जन्मिने बच्चाहरु पनि आधुनिक पाराले नै जन्मियको हो कि म ठान्द छु किनभले मैले देखेको छु रुदै गरेको २ महिनाको बच्चालाई मोबाइल दिए रुन बन्द हुन्छ ६ महिनाको ले खोल्न बन्द गर्न थाल्दछ, २ वर्ष पुगेपछी उ अनलाइन खेलको कुरा गर्न र खेल्न पनी थाल्दछ थहाछैन उसलाई आफ्नो भविष्यको वारेमा, खाना खाने समय, पढ्नुपर्ने कुरा, चिन्दैन आफन्त र छर छिमेक केवल उ अनलाइन खेलखेल्दै एकान्त ठाउमा छ खेल खेलि राखेको छ ।

बाबा आमा टिकटकमा व्यस्त यतिहुदा बच्चाले के सिक्दछ के चाहान्छ आज मोबाइल होस भोली मोबाइलमा राख्ने रिचार्ज होस् र म अनलाइन खेल खेलु तर पैसा छैन के चोर काम गरौ त ? साथिले खेलेको देख्छ उसलाई नि खेल्न मन लाग्छ र उ जवरजस्ती गर्न वाध्य हुन्छ । जसोतसो मोवाइल पायो, लाग्यो अनलाइन खेल तिर विद्यालय जान्छ किताब हैन मोवाइल लगेर शिक्षकले सोध्नुहुन्छ किताब खै ? उ भन्छ विर्सियो त्यतिकैमा शिक्षकले पढाउदै गरेको टिकटक बनाउन खोज्छ शिक्षक मोबाइल देख्नुहुन्छ , खोसेर लिनुहुन्छ , के लिनु अर्काको सम्पती घरजादा भोली मोबाइल नल्याउ है भन्नुहुन्छ, घरमा खबर पु¥याउनु हुन्छ तर सदाबहार दोहोरी रहन्छ विस्तारै अनलाइ खेलले गर्दा साथीको लह लहै ले विस्तारै पढ्न छोड्छ बाटो बाटोमा बसेर मोबाइलमा खेल खेल्छ आफु संगको साथी धेरै पढ्ने भैसकेको हुन्छ उ अनलाइन खेलमा नै व्यस्त हुन्छ तर उता बाबा आका छोरा विद्यालय गएको छ भन्ने ठान्छन छोरा पढ्न विर्सिसकेको हुन्छ यस्तै हुदाहुदा उ कुलतमा पनि फसिसकेको हुन्छ यस्तो क्रियाकलापलाई सुधारमा ल्याउन के गर्ने ?

यस्तो क्रियाकलापलाई सुधारमा ल्याउन अभिभावकको ठुलो भुमिका छ । अभिभावकले खोज तल्लास गर्नुहोस, मोबाइल, ल्यापटप, कम्प्युटर, ट्यावहरुमा अनलाइन खेल राख्दै नराखिदिनुहोस् । टिकटक, पब्जी, फ्रीफायर जस्ता एपहरु बन्द गर्नु सरकारको पनी भुमिका छ सरकारले चाहेपछी हुन्छ । अर्को पक्ष इन्टरनेट कम्पनीहरुले टिकटक, पब्जी, फ्रीफायर जस्ता एपहरु बन्द गर्नुपर्ने तर किन गर्नु इन्टरनेट कम्पनीहरुलाई यस्तै एपबाट फाइदा हुन्छ । तर के भन्न चाहान्छु भने म सबै बच्चमको गुरु हुँ , अभिभावक हुँ , र सामाजिक सेवा र सेवा ग्राही पनि हुँ त्यसैले आजको युगमा सहि तरिकाले इन्टरनेटको प्रयोग हुनुपर्दछ ज्यादथी र वेतिथीले अगाडी बढेपछी हामी खाल्डोमा पर्छौ त्यसैले सरकारलाई यस्ता एपहरु बन्दगर्न अनुरोध गर्दछु ।

आजको बच्चा भोलीको देश निर्माता
बच्चाको भविष्य हाम्रो स्वमित्वाता

साभार-नेपाल फ्युजन


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?