दाङमा अनाथ बालबालिका सहयोगार्थ साङ्गेतिक कार्यक्रम हुँदै, र्‍यापर भिटेन आउने

दाङ । दाङको तुलसीपुर स्थित अरनिको मैदानमा विजयादशमीको अवसरमा अनाथ बालबालिका सहयोगार्थ एकदिने लाइभ कन्सर्ट (साङ्गेतिक) कार्यक्रम हुने भएको छ। पिएम् इन्टरप्रजेजको आयोजनामा यहि असोज २३ गते हुने उक्त कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ।

युवा पुस्तामा निकै लोकप्रिय चर्चित र्यापर समिर घिसिङ “भिटेन” आउनुहुनेभएको छ। भिटेन तुलसीपुरमा पहिलो पटक आउन लाग्नुभएको हो। यस्तै कार्यक्रममा पछिल्लो समय छोटो समयमा धेरै दर्शक तथा स्रोताको माया पाउन सफल चर्चित गीत “फुलबुट्टे सारी” गायिका मिलन नेवारको पनि प्रस्तुति रहने कार्यक्रम व्यवस्थापक प्रकाश घर्ती मगरले जानकारी दिनुभयो ।

यस्तै नेपाल आइडल सिजन १ बाट परिचित गायक प्रताप दास, दाङ्गाली चर्चित गायिका तथा मोडल सिर्जु अधिकारी, मोडल बिजय पुन, रिया श्रेष्ठ लगायत अन्य कलाकारको प्रस्तुति रहने घर्ती मगरले बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा सहभागी हुन टिकट दर भिआईपी र नर्मल गरी दुई किसिमको रहेको छ । जसमा भिआईपीका लागि रु ५०० र नर्मल रु ३०० पर्नेछ ।

दाङमा रहेका अनाथ बालबालिकालाई सहयोग गर्ने उद्देश्यका साथ विजया दशमीको अवसर पारेर एकदिने कन्सर्टको आयोजन गर्न लागिएको हो । कार्यक्रममको सह अयोजक केएम् फिट्नेस सेन्टर रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


माडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षद्वारा दशै तिहारकाे शुभकामना
माडी गाउँपालिका वडा नं. ५ का वडा सदस्यद्वारा दशै तिहारकाे शुभकामना