सल्यानमा मापदण्ड विपरित पसल सञ्चालन

सल्यान । सल्यानमा अधिकांश पसलहरु मापदण्ड विपरित सञ्चालन भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालयको संयोजनमा जिल्लाका मुख्य बजारमा पसलको अनुगमन गर्दा यस्तो पाइएको हो । अधिकांश पसलमा पूल्य सुची नराखेको, म्याद गुज्रेका सामग्री राखेको, नविकरण विनानै पसल सञ्चालन गरेको पाइएको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले बताउनुभयो ।

उहाँका अनुसार आज सोमबार अनुगमन टोलीले कपुरकोट र लुहाम बजार अनुगमन गरिएको छ। खाद्यान्न, लत्ताकपडा, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिनुभयो ।

आज १७ वटा पसलमा अनुगमन गर्दा ९ हजार ३ सय २० रुपैयाँ बराबरको म्याद गुज्रेका सामग्री बरामद गरिएको छ । कपुरकोटबाट ६ हजार ३ सय ३५ र लुहाम बजारबाट २ हजार ९ सय ८५ रुपैयाँ बराबरको म्याद गुज्रेका अखाद्य वस्तु बरामद गरिएको खड्काले बताउनुभयो ।

यसअघि जिल्लाका अन्य बजारहरु सल्लीबजार, श्रीनगर, थारमारेमा पनि अनुगमन गरिएको थियो । अनुगमनको क्रममा अधिकांश पसलमा मुल्य सुची नराखेको, म्याद गुज्रेका सामग्री भेटिएको तथा धेरैले आफ्नो व्यवशाय दर्ता नविकरण नगरेको पाइएको उहाँले जानकारी दिनुभयो। खड्का अनुसार अनुगमन टोलिले सम्बन्धीत निकायमा व्यवशाय दर्ता तथा नविकरण गर्न सुझाव दिनुका साथै उपभोक्ता हित संरक्षणका लागि आवश्यक जनचेतना फैलाउने कार्य पनि गरको छ ।

व्यवसायिक कारोवारको दर्ता, नवीकरण, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल लगायतका व्यापारिक क्रियाकलापको नियमन गर्नका लागि बजार अनुगमन गर्ने गरिन्छ । चाडपर्वको समयमा व्यापारीले जथाभावी मूल्य लिने, म्याद नाघेका अखाद्य वस्तु बेच्ने गरेको भन्ने गुनासो आउने भएकाले अनुगमनलाई सक्रिय रूपमा अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


माडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षद्वारा दशै तिहारकाे शुभकामना
माडी गाउँपालिका वडा नं. ५ का वडा सदस्यद्वारा दशै तिहारकाे शुभकामना