कनेक्ट आइपीएसबाट फण्ड ट्रान्स्फर गर्दा शुल्क नलाग्ने

काठमाडाैं । कनेक्ट आइपीएसबाट गरिने फण्ड ट्रान्सफर अब निशुल्क हुने भएको छ ।

कनेक्ट आइपीएस को मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गमा रहेको कनेक्ट आइपीएस फण्ड ट्रान्स्फर तथा कनेक्ट आइपीएस मार्फत मोबाईल वालेटमा गरिने फण्ड लोडलाई असोज २० गते देखि कार्तिक २५ गते सम्म पूर्ण रुपमा निशुल्क गरिएको कम्पनीले जनाएको छ ।

कनेक्ट आइपीएस को बढ्दो प्रयोग तथा मोबाईलबाट गरिने बैंक खातामा आधारित फण्ड ट्रान्स्फरलाई थप प्रवद्र्र्धन गर्न उक्त अवधिमा कारोबार शुल्क पूर्ण रुपमा मिनाह गरिएको हो । यस प्रावधानले कागजी नोटको प्रयोग घट्नुका साथै फण्ड ट्रान्स्फरमा मोबाईल प्ल्याट्फर्मको प्रयोग थप वृद्धि हुने विश्वास गरिएको कम्पनीले जनाएको छ ।

फण्ड ट्रान्स्फर लगायत अन्य विभिन्न भुक्तानी एकै प्ल्याट्फर्मबाट गर्न सकिने यस कनेक्ट आइपीएसले गत आर्थिक वर्षमा ने. रु. १३.६ खर्ब बराबरको १ करोड ८९ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरेको थियो भने चालू आर्थिक वर्ष (भाद्र मसान्तसम्म) मा ने. रु. ४.५ खर्ब बराबरको ६२ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरिसकेको छ ।

हाल यस प्रणालीमा जम्मा ५४ बैंक वित्तिय संस्थाहरु आबद्ध रहेका छन् । बैंक वित्तिय संस्थाका ग्राहकहरुले https://www.connectips.com मा वा यसको मोबाईल एप मार्फत अन्लाईन रजिष्टर गरी सेवा लिन सक्नुका साथै बैंक वित्तिय संस्थाका आफ्नै मोबाईल बैंकिङ्गमा रहेको छुट्टै रजिष्टर गर्नु नपर्ने कनेक्ट आइपीएस फण्ड ट्रान्स्फर अप्सन मार्फत पनि सो सेवाको प्रयोग गर्न सक्दछन् ।

१४ भन्दा बढी डिजिटल वालेटका प्रयोगकर्ताले पनि कनेक्ट आइपीएस मार्फत सोझै बैंक खाताबाट फण्ड लोड गर्न सक्दछन् । कनेक्ट आइपीएस को मोबाईल एप मार्फत प्रति कारोबार रु १ लाख तथा प्रति दिन रु २ लाख सम्म कारोबार गर्न सकिन्छ भने मोबाईल बैंकिङ्गबाट फण्ड ट्रान्स्फरमा भने बैंक वित्तिय संस्थाले रु ५० हजार देखि २ लाख सम्म कारोबार सीमा प्रदान गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


माडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षद्वारा दशै तिहारकाे शुभकामना
माडी गाउँपालिका वडा नं. ५ का वडा सदस्यद्वारा दशै तिहारकाे शुभकामना