कपिलवस्तुमा झाडापखालाको प्रकोप, दुई जनाको मृत्यु, सयौँ बिरामी

कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ। नगरको वडा नंम्बर ७,८,९ मा राति १२ बजे देखि बान्ता र झाडापखाला लाग्ने बिरामीको सङ्ख्या ह्वातै बढेको हो ।

स्थानीय शिवराज अस्पताल बहादुरगंजमा उपचारकोलागि सयौँ बिरामीहरू आइरहेको र अस्पतालमा बिरामीको चाप थामिनसक्नु छ । नगरपालिकाको बहादुरगंज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरा लगायतका गाउँमा झाडा पखाला र बान्ताका बिरामी निरन्तर बढ्दै गएको कृष्णनगर स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकोपका कारण दुई जनाको ज्यान गएको छ भने सयौँ बिरामी अस्पताल भर्ना भइरहेका छन्। एक जना बिरामीको अस्पतालमा र अर्का एकजनाको निजी क्लिनिकमा मृत्यु भएको जनाइएको छ ।

स्थानीय क्लिनिकमा पनि बिरामीको चाप रहेको स्वास्थ्य शाखाले जनाएको छ। स्थानीयहरुले अहिलेसम्म दुईसयभन्दा बढी मानिसहरु बिरामी परेको बताएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


माडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षद्वारा दशै तिहारकाे शुभकामना
माडी गाउँपालिका वडा नं. ५ का वडा सदस्यद्वारा दशै तिहारकाे शुभकामना