भारतसँग हारे पनि फाइनल पुग्ने नेपालको सम्भावना कायमै

काठमाडाैं । साफ च्याम्पियनसिप फुटबलमा गएरातिको खेलमा नेपाल पराजित भए पनि फाइनलमा पुग्ने सम्भावना भने कायमै छ । अब बङ्गलादेशसँग हुने खेलमा नेपालले एक अङ्क बटुल्न सके पनि त्यो फाइनल पुग्नका लागि पर्याप्त हुनेछ ।

पर्सि बुधवार बङ्गलादेशसँगको खेल नेपालका लागि ‘गर या मर’ को हुनेछ । बङ्गलादेशसँग हारेमा नेपाल बाहिरिने छ । नेपाल र बङ्गलादेशको खेल पर्सि दिउँसो पौने ५ बजे हुनेछ । यदि खेल बराबरी भएमा भने नेपाल ७ अङ्कका साथ फाइनलमा प्रवेश गर्नेछ ।

जित्ने टोली ९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अब सम्पूर्ण ध्यान बङ्गलादेशको खेलमा केन्द्रित गर्ने बताएका छन् । गएराति भारतसँग १–० गोल अन्तरले पराजित भएसँगै नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा धकेलिएको छ ।

प्रतियोगितामा पहिलो हार बेहाेरेकाे नेपाल ३ खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा झरेको छ । ६ अङ्क जोडेको माल्दिभ्स शीर्ष स्थानमा उक्लिएको छ । जितसँगै ३ खेलमा ५ अङ्क जोडेको भारत तेस्रो स्थानमा पुगेको छ । यस्तै, बङ्गलादेश ३ खेलमा ४ अङ्क जोडेर चौथो स्थानमा छ ।

साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेकोमा श्रीलङ्का भने बाहिरिइसकेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


माडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षद्वारा दशै तिहारकाे शुभकामना
माडी गाउँपालिका वडा नं. ५ का वडा सदस्यद्वारा दशै तिहारकाे शुभकामना