एमाले अध्यक्ष ओलीले दशैँको टीका नलगाउने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष विजयादशमीको टीका नलगाउने भएका छन्।

ओलीका पारिवारिक सदस्यको निधन भएका कारण ओलीले आफू पनि टीका नलगाउने र शुभेच्छुकहरूलाई पनि टीका नलगाइदिने ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए।

अध्यक्ष ओलीको काकाका छोरा (भाइ) को यसै वर्ष निधन भएकाले परिवारमा टीका नलगाउने बजगाईंले बताए। उनका अनुसार ओलीले नवमीको दिन गृहजिल्ला झापामा जलपान समारोहमा भने सहभागी हुने बताए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


माडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षद्वारा दशै तिहारकाे शुभकामना
माडी गाउँपालिका वडा नं. ५ का वडा सदस्यद्वारा दशै तिहारकाे शुभकामना