इजरायल लैजाने ११७५ नेपाली कामदार गोलाप्रथाबाट छानियो (नतिजा सहित)

काठमाडौं । इजरायलले केयरगिभरको लागि नेपालबाट लाने कामदारहरुको छनोट गरेको छ ।

नेपालबाट बिभिन्न चरण पार गरि एक हजार ६०० नेपालीलाई सूचीकृत गरिएकोमा ११७५ जना मंगलबार गोलाप्रथाबाट छानिएका हुन् ।

छनौटमा परेकाहरु मध्ये ८२१ महिला रहेका छन् भने ३५४ जना पुरुषहरु रहेका छन् । सूचीकृतहरुको छनौट इजरायलको जेरुसेलममा गरिएको गोलाप्रथाबाट भएको थियो । जुन कार्यक्रमका भर्चुअल रुपमा नेपाली अधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

वैदेशिक रोजगार विभागले छनौटमा परेका व्यक्तिहरुले अब मेडिकल परीक्षण र प्रहरी रिपोर्ट लिनुपर्छ । यस प्रक्रियामा फेल भए छनौट भए पनि इजरायल जान पाइदैन ।

यो पटक इजरायल रोजगारको लागि जिटुजि प्रक्रिया अपनाइएको छ । जसबाट कुनै बिचौलियाले इजरायल रोजगारमा खेलेर आर्थिक फाइदा लिन नसक्ने वैदेशिक रोजगार बिभागको दावी छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


माडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षद्वारा दशै तिहारकाे शुभकामना
माडी गाउँपालिका वडा नं. ५ का वडा सदस्यद्वारा दशै तिहारकाे शुभकामना