गायिका सुमन थापा मगर सवारी दुर्घटनामा परि अनुहारमा गम्भीर चोट, यस्तो छ हालको अबस्था

काठमाडौं । लोकप्रिय गीत झ्यालमा पर्दा छकी गायिका सुमन थापा मगर सवारी दुर्घटना परि घाइते भएकी छिन
। अनुहारमै गम्भीर चोट लागेपछि उनि अस्पताल भर्न भएकी छिन।कान्तिपुर अस्पतालमा भर्ना भएकी सुमनको अहिलेको अबस्था भने सामान्य रहेको मोडल उसा सुबेदीले लालीगुराँस डटकमलाइ जानकारी दिईन ।

दिउँसोको समयमा बबरमहलमा स्कुटीमा आफ्नो गन्तव्यतिर हिडिरहेकी थापालाई पछाडिबाट तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिदा उनि घाइते भएकी हुन् । उनलाई ठक्कर दिने मोटरसाइकल र चालक भने फरार छ,ठक्कर दिने चालकको खोजिकार्य अगाडी बढाईएको पारिवारिक श्रोतले जानकारी दिएका छन ।

झ्यालमा पर्दा छ गीतबाट उनि एकाएक सबैको मन मुटुमा बस्न सफल भएकी गायिका हुन् । अहिले सुमनले गाएका धेरै दोहोरीहरु युटुबको ट्रेनिङमा परेको हुन्छ।उनि सबैको प्यारी गायिका हुन् ।

नेपाली लोक संगीतले रुचाईएकि गायिका सुमनको यो अबस्था भए संगै सबै शुभचिन्तक चिन्तित छन भने उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन ।

सुमनको अनुहारमा ठुलो चोट लागेको कारण यो बेला उनको अनुहार सुन्निएको छ भने खुट्टाको एउटा नसा पनि छिनेको गायिका अमृता लामिछानेले जानकारी दिईन । सुमन अहिले अमृताकै डेरामा बसिरहेकी छिन।सुमनको उपचार पछि घर ल्याइएको हो । केहि दिन आराम गर्न डाक्टरले सुमनलाइ अनुरोध गरेको बताईएको छ ।

सुमन दशैंको किनमेल गरि घर जाने तयारीमा रहेकी थिइन । घर जानको लागि सामान किन्न हिडेकी सुमनको यो अबस्था भएको हो । रगत धेरै बगेको र कमजोर भएको भन्दै उनलाई राजधानीमाइ राखेर केयर गर्नु पर्ने डाक्टरको भनाइ छ । सुमनको स्कुटीमा पनि क्षेती पुगेको छ । ठक्कर दिने मोटरसाइकलको अझै पहिचान खुल्न नसक्दा समस्या भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


माडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षद्वारा दशै तिहारकाे शुभकामना
माडी गाउँपालिका वडा नं. ५ का वडा सदस्यद्वारा दशै तिहारकाे शुभकामना