डडेल्धुरामा बस दुर्घटना‚ चारजना घाइते

डडेल्धुरा । डडेल्धुरामा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

मंगलबार बिहान सवा ७ बजे धनगढीबाट बाजुरा जाँदै गरेको बस अमरगढी नगरपालिका–११ स्थित राइमा ना ७ ख १७४ नम्बरको बस ब्रेकफेल भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएकाहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए । घाइतेहरूको अवस्था सामन्य नै रहेको उनले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


माडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षद्वारा दशै तिहारकाे शुभकामना
माडी गाउँपालिका वडा नं. ५ का वडा सदस्यद्वारा दशै तिहारकाे शुभकामना