रोल्पामा पूर्वगाविस अध्यक्षसहित एमाले जिल्ला सदस्यहरु माओवादी प्रवेश

राेल्पा । रोल्पामा नेकपा एमालेका जिल्ला सदस्यहरुसहित ठूलो संख्यामा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेहरुमा एमालेका जिल्ला सदस्य तथा साविक नुवागाउँ गाविसका निर्वाचित अध्यक्ष शान्तराज बोहरा, जिल्ला कमिटी सदस्य टेकबहादुर घर्ती मगर, त्रिवेणाी गाउँपालिका सदस्य ङनमानसिङ बुढा मगर लगाएत रहेका छन् ।

उनीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं रोल्पा इञ्चार्ज दीपेन्द्र पुन ‘सिजल’ले माओवादी केन्द्रमा प्रवेश गराउनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पुनले जनताको लागि इमान्दारीपूर्वक काम गर्दै आएका पुराना नेताहरुको प्रवेशले त्रिवेणी गाउँपालिका र समग्र रोल्पाको राजनीतिमा थप सकारात्मक उर्जा प्राप्त हुने बताउनुभयो ।

नवप्रवेशी बोहराले एमालेमा बसेर ३२ बर्षसम्म त्याग र समर्पर्ण अब माओवादी केन्द्रबाट प्रयोग गर्ने बताउनुभयो । आफै निरन्तर जनताको सेवामा लाग्ने अटोठ व्यक्त गर्दै उहाँले एमालेबाट अब अग्रगमनको नेतृत्व हुन नसक्ने भएकाले सो पार्टी छाडेको बताउनुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


माडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षद्वारा दशै तिहारकाे शुभकामना
माडी गाउँपालिका वडा नं. ५ का वडा सदस्यद्वारा दशै तिहारकाे शुभकामना