सल्यानको बनगाडकुपिण्डेमा शिक्षकले २ वर्षदेखि तलब पाएनन्

सल्यान । सल्यानको बनगाडकुपिण्डे नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा निजी स्रोतबाट भर्ना गरिएका डेढ दर्जन शिक्षकले २ वर्षदेखि तलब नपाएको गुनासो गरेका छन् । विद्यालयको आफ्नै स्रोत नहुँदा शिक्षकहरू तलबबाट वञ्चित भएका हुन् ।

नगरपालिकाले विद्यालय सञ्चालन नभएको भन्दै सामुदायिक विद्यालयहरूको प्रतिविद्यार्थी अनुदान रोकेको छ । जसका कारण निजीस्रोतका शिक्षकलाई तलब खुवाउन समस्या भएको हो । तलब नपाउँदा दसैं मनाउन समस्या भएको भैरव आधारभूत विद्यालयका शिक्षक प्रकाश बुढाले गुुनासो गर्नुभयो ।

दुई वर्षयता आफन्त र साथीहरूसँग सापटी मागेर जीविकोपार्जन गर्न बाध्य भएको उहाँका दुुखेसो छ । भैरव आधारभूत विद्यालयका अर्का शिक्षक युवराज बिष्टले दुई वर्षदेखि तलब नपाएपछि बाध्य भएर राजिनामा दिएको बताउनुुभयो ।

जयनेपाल आधारभूत विद्यालयका शिक्षक तिलक बुढाले पनि तलब नपाएको भन्दै आफन्तसँग सापटी लिएर र पसलबाट उधारो सामान ल्याएर घरखर्च टारिरहेको गुनासो गर्नुुभयो ।

विद्यालयले तलब खुवाउन कुनै पहल नगर्दा घरको न घाटको भएको उहाँको भनाइ छ । विद्यार्थीको भविष्यका लागि पनि विद्यालय छाड्न नसकिएको उहाँले बताउनुुभयो । विद्यार्थीबाट उठाउने स्वेच्छिक शुल्कबाहेक विद्यालयको अर्को कुनै आम्दानी नहुँदा शिक्षकलाई तलब खुवाउन समस्या भएको भैरव आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माले प्रतिकृया दिनुुभएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


माडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षद्वारा दशै तिहारकाे शुभकामना
माडी गाउँपालिका वडा नं. ५ का वडा सदस्यद्वारा दशै तिहारकाे शुभकामना