विजया दशमीमा टीकाको साइत १० बजेर दुई मिनेटमा

काठमाडौं । नेपाल पञ्चांग निर्णायक समितिले विजया दशमी टीकाको साइत २९ असोज बिहान १० बजेर २ मिनटमा उत्तम ठहर गरेको छ ।

शुक्रबारको उक्त समयदेखि कोजाग्रत पूर्णिमासम्म टीका, जमरा लगाउन सकिने समितिले जनाएको छ ।

समितिका अनुसार शुक्रबार आठ बजेर १९ मिनटमा घटस्थापनादेखि पूजा गर्न थालिएकी देवीलाई विर्सजन गर्ने साइत छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


माडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षद्वारा दशै तिहारकाे शुभकामना
माडी गाउँपालिका वडा नं. ५ का वडा सदस्यद्वारा दशै तिहारकाे शुभकामना