प्रचण्डले आउने चुनावमा माओवादीलाई १ नम्बर पार्टी बनाउछु त्यसै भनेका रहेनछन्, दशैंको मुखैमा खुमलटारबाट बाहिरियो यस्तो मास्टरप्लान !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने चुनावमा माओवादी केन्द्रलाई १ नम्बर पार्टी बनाउछु भनेका थिए । त्यस्तो भन्दैं भाषण गरेको केही दिन नबित्दैं खुमलटारबाट आगामी चुनावको आक्रामक रणनीति बाहिरिएको हो ।

विगतको समिक्षा गर्दै भविष्यका लागि शक्ति सञ्चयमा लागेका छन् । उनले महत्वाकांक्षी योजनासहित आक्रामक रणनीतिहरु चाल्ने तयारी गरेका छन् ।

प्रचण्डले २०७४ को आमनिर्वाचनमा माओवादीले समानुपातिकतर्फ पाएको मतभन्दा झण्डै तेब्बर पार्टी सदस्य बनाउने रणनीति बढाइसकेका छन् । वडा, पालिका, प्रदेश क्षेत्र, क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म बढीभन्दा बढी जिम्मेवारी थपेर पार्टी सदस्यता बढाउने रणनीति बनाएका छन् ।

प्रचण्डले पहिले संगठन विस्तार गर्दै लाने र अन्य शक्तिसँग पनि एकता वा चुनावी गठबन्धनको पहल थालिसकेका छन् । उनले विचार मिल्ने दल र समूहसँग एकता वा गठबन्धनको प्रस्तावहरु सारिसकेका छन् ।

एमालेबाट फुटेको नेकपा एससँग नेकपा माओवादी केन्द्रको एकता हुने सम्भावना छ । पूर्वमाओवादीसँग पनि प्रचण्डले एक ठाउँमा आउने गरी कुरा चलाइसकेको खुलाइसकेका छन् । डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण, नेत्रविक्रम चन्द्र विप्लव, गोपाल किराँतीलगायतलाई एक ठाउँमा ल्याउने प्रचण्डको प्रयासबारे खुलासा भइसकेको छ ।

प्रचण्डले चाहेको जस्तो मन मिल्ने कम्युनिस्ट शक्तिसँग एकता भएमा उनलाई चुनावमा बलियो बनाउन सक्छ । पूर्वमाओवादी मात्र एकजुट हुँदा उनीहरुको स्थिति बलियो हुने निश्चित छ । त्यसमाथि पनि नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एस साथमा आउँदा प्रचण्डको पल्लाभारी हुनसक्छ ।

सत्ता गठबन्धनमा महत्वपूर्ण मन्त्रालयसहित रहेकाले पनि माओवादीलाई लाभ पुग्न सक्छ । माओवादीले अर्थ, ऊर्जा, शिक्षा जस्ता महत्वपूर्ण मन्त्रालय पाएको छ । शक्ति सञ्चयका लागि यी मन्त्रालय महत्वपूर्ण सावित हुन सक्छन् ।

३१ लाख पार्टी सदस्यता बनाउने, विचार र उद्देश्य मिल्ने शक्तिहरुसँग गठबन्धन मिलाउने रणनीतिका साथ बढेका प्रचण्डले अबको चुनावमा एक नम्बरको दल बन्ने दाबी गरेका छन् । अहिले झट्ट हेर्दा प्रचण्ड कमजोर देखिएका छन् । तर, उनले शक्ति सञ्चय गर्दै बढेका छन् । यसले उनको महत्वाकांक्षी योजनामा साथ दिइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


माडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षद्वारा दशै तिहारकाे शुभकामना
माडी गाउँपालिका वडा नं. ५ का वडा सदस्यद्वारा दशै तिहारकाे शुभकामना