रक्सी खाएर प्रेमिका भेट्न जाँदा कार दुर्घटना : ज्यान त जोगियो तर बुवा बन्न नसक्ने !

काठमाडौं । मान्छेको सामान्य लापरवाहीले पनि जिन्दगी बर्बाद हुनसक्छ । कतिपय दुर्घटनामा त मान्छेले ज्यानै गुमाउँछन् ।

द सन यूकेमा प्रकाशित रिपोर्टअनुसार अमेरिकाको सेन्ट लुइसमा प्रेमिकालाई भेट्न जाने क्रममा सन् २०१४ मा २९ वर्षीय पउल बेरी कार दुर्घटनामा परे ।

बेरीले रक्सी सेवन गरेका कारण दुर्घटना भएको र उनी गम्भीर घाइते भएका समाचारमा उल्लेख छ । घटना पुरानो भए पनि बेरीले हालै सामाजिक सञ्जालमार्फत आफ्नो दुःख व्यक्त गरेका छन् ।

प्रेमिकालाई भेट्न जाँदा भएको दुर्घटनाका कारण उनले आफ्नो यौनाङ्ग र अण्डकोष समेत फाल्नुपरेको समाचारमा उल्लेख छ । जसले गर्दा उनी अब बुवा बन्न पाउने छैनन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


माडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षद्वारा दशै तिहारकाे शुभकामना
माडी गाउँपालिका वडा नं. ५ का वडा सदस्यद्वारा दशै तिहारकाे शुभकामना