पत्रकार अधिकारीलाई मातृ शोक, प्रेस सेन्टर दाङद्वारा निधनप्रती दुख ब्यक्त

received 3041807669427175

दाङ । दाङबाट प्रकाशित हुने सूचनापत्र साप्ताहिकका सह-सम्पादक दाङ घाेराही उपमहानगरपालिका निवासी पत्रकार अनिल अधिकारीलाई मातृ शाेक परेकाे छ ।

अधिकारीकी ममतामयी आमा इन्दिरा अधिकारीको ६५ वर्षकाे उमेरमा २०७८ साल कार्तिक २१ गते दुःखद निधन भएकाे छ ।

अधिकारीको निधनप्रती प्रेस सेन्टर नेपाल दाङले दुख ब्यक्त गर्दै श्रद्धाञ्जलि ब्यक्त गरेको छ ।

सल्यानदेखि दाङ आउने क्रममा बस दुर्घटनामा उहाँ लगायत १२ जनाको निधन भएको खबरले आफुलाई अत्यन्त मर्माहत बनाएको प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष पाण्डब शर्माले बताए ।

`दु:खको यस घडीमा आमा इन्दिरा लगायत सम्पूर्ण दिवंगतहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछाैं । साथै परिवारजनमा गहिराे समवेदना व्यक्त गर्दछाैं-शर्माले भने-बस दुर्घटनाका घाइते जनहरूकाे शीघ्र स्वास्थ लाभकाे कामना गर्दै घटनाकाे तत्काल छानवीन गरि दाेषी उपर कारबाहीको माग गर्दछाैं । साथै बढ्दाे सवारी दुर्घटना न्यूनीकरण गर्न ठाेस कदम चाल्न राज्यसँग जाेडदार माग गर्दछाैं ।´