श्रेया र प्रकृतिको पौरख : घरमै मगाउन सकिन्छ उच्च गुणस्तरको अमेरिकी डाइमण्ड

Shreya

काठमाडाैं । लामो समयसम्म आफैँले सञ्चालन गरेको कन्सल्टेन्सीमा काम गरेको अनुभव भएका श्रेया बिसी र प्रकृति थापा आफ्नै पौरखमा केही नयाँ काम गर्न चाहिरहेका थिए । झट्ट आफ्नो क्षेत्रबाट बाहिरिएर नयाँ क्षेत्रमा प्रवेश गर्नको लागि उनीहरुमा जोखिम पक्कै पनि थियो । तर नयाँ खालको व्यवसायमा आफ्नो पौरख जमाउने भूत पनि त्यसैगरी चढिरहेको थियो । केही गरौं भन्ने जोश भइका ती दिदीबहिनीले चुनौतीको त्रासमा आफ्नो योजना मारेनन् । ३ वर्षअघि आफ्नै घरमा आफूसँग भएको पैसाले सुरु गरे अमेरिकन डायमण्डको व्यापार । कम्पनीको नाम राखे ‘करिज्मा फेसन ।’

जतिबेला उनीहरुले अनलाइनबाट आभूषणको व्यापार गर्ने योजना बनाएर व्यापार सुरु गरेका थिए । त्यतिबेलासम्म नेपाली डिजिटल बजारले गति लिइसकेको थिएन । ‘सुरुमा त विश्वास दिलाउनै कठिन हुँदो रहेछ ।’ प्रकृति भन्छिन् ‘तर धैर्यले धेरै उपलब्धि हासिल हुँदो रहेछ ।’

बालुवाटारमा आफ्नै घर थियो । भाडाको चिन्ता नभएपछि उनीहरुले गुणस्तर र ग्राहकमैत्री सेवामा जोड दिन थाले । त्यसको लागि उनीहरुले प्राथमिकता दिएको तीन विषय हो, सामानमा गुणस्तरीयता, ग्राहकको विश्वासप्रति गम्भीर र सबैले तिर्न सक्ने उचित मूल्य ।

उनीहरुले गहनाको स्वरुम घरमा नै राखे । कोही ग्राहकलाई अनलाइनबाट मात्रै विश्वास लागेन भने घरमा आएर हेरेरै किन्न पनि सकिने सुविधा थियो । अनलाइनबाट अर्डर गर्नेहरुको लागि फेसबुक, टेलिफोन, भाइबर, ह्वाट्सएप र इन्स्टाग्राम र इमेलबाट सुविधा दिन थाले । विस्तारै धेरैको रोजाइमा पर्दै गयो करिज्मा फेसन ।

Shreya 1